बाल्यकालका केहि रमाइला सँस्मरणहरु….

  युद्धबहादुर बोहोरा
7 Shares

इलाम : इलाम फाकफोकथुम-१,तमाखेमा जन्मनु भएका श्रीनारायण भट्टराई मेडिसिन क्षेत्रमा आवद्ध छन् । उनी समकालीन साथीहरू संग अध्यनका क्रममा साथै अन्य परिस्थितिमा विताएका क्षणहरुलाई वर्तमान लकडाउनको समयमा सबै सुरक्षित रहन आग्रह गर्दै,आफ्नो बसिवियालोमा बाल्यकालका स्मरण गर्दै सामाजिक संजालमा साथीहरूलाई आफ्ना चाखलाग्दा सम्झनाहरु पस्कन शुरूवात गरेका छन्। उनको स्टाटसबाट संकलन:-युद्ध बहादुर बोहोरा श्रीनारायण भट्टराईको वास्तविक स्टाटसबाट। बाल्यकालका केहि रमाइला सँस्मरणहरु:

१. Gyanu Vai र म सम्बन्धले मामा भान्जा भएपनि सानैदेखि असाध्यै मिल्ने साथी जस्ता! रानीगाउँ माल्दिदीको बिहेको भतेर चलिरहेको बेला नजिकैका बाख्रालाइ तौलिने हो भने करिब २ किलो खुर्सानी टिप्दै खुवाउँदै! खुर्सानी खुवाउँदा बाख्राले निकाल्ने अजिवको आवाज र माटोमा मुख जोतेको मन पर्ने हाम्लाई चाहिँ! पछि थाहा भयो ति बाख्रा पिडाले छट्पटिएर त्यसो गर्दा रहेछन्। ति मध्ये केहि बाख्रा मरेको खबर पाइयो, तर यो रहस्य Gyanu र म बाहेक कसैलाई थाहा भएन। Sita Khatiwadakattel Basanta Bhattarai Mahendra Khatiwada Bimal Khatiwada Hemu Khatiwada Bhakta Devi Paudel Shishir Bhattarai Bhawani Bhattarai Bala Rijal Daya Rijal

२. ‌घुर्बिसे पञ्चमी उ. मा. बि.( त्यति बेला प्रा. बि. थियो) का हेडसर एल बि सरले बदमासी गर्ने बिद्यार्थीलाई पिट्ने कार्यक्रम थियो त्यो बेला। म ४ कक्षामा पढ्थे र निक्कै चकचके पनि। हामी त फस्यौँ तर हाम्रै ड्याङको मित्र Kamal Adhikari त्यो दिन अनुपस्थित, हाम्रो पालो हामी मात्रै किन फस्ने भनेर कमलको घरमै गएर स्कुलमा चकलेट बाँड्ने कार्यक्रम छ भनेर बोलाइ एल बि सर, सन्त सर, Tara Pokhrel गुरुमाको निक्कै पिटाइ खुवाएका थियौं! Santosh Khatiwada Santa Khatiwada Sabita Koirala Mani Chemjong Keshar Chemjong

३. कक्षा ६ मा एकातप्पा स्कुल पढ्दा एकदिन घरकै कुकुरमा समस्या आएपछि मार्नुपर्ने भयो! कुकुर मार्न या त बाँस नुहाएर झुण्ड्याउनु पर्थ्यो या बिस खुवाउनु पर्थ्यो। झुण्ड्याउँदा अलि मजा आउने भएकाले हामीले त्यो विकल्प रोज्यौँ! मरेपछि पुर्ने खाल्डोको तयारी, झुण्ड्याउने डोरीको ब्यवस्था, उपयुक्त स्थानको खोजीमा मनग्ये समय खर्चगरेपछि बाँस नुहाएर कुकुर झुण्ड्याउने समय आयो। डोरीको एकापट्टि कुकुरको घाँटी अर्कोपट्टी नुहाएको बाँसमा बाँधेर बाँस छोडियो। तत्कालै बाँधेको डोरि छिनेर बिजुली चम्केको गतिमा भागेको त्यो कुकुर दुई दशक नाघिसक्यो कता छ, अहिलेसम्म थाहा छैन! Lekhnath Poudel Devicharan Paudyal पौड्याल पीताम्बर आत्रेय Bishnu Paudel Khanal माया पौडेल Balkrishna Bhattarai

४. कुरा एकातप्पा कै! म कक्षा ६ मा पढने भएकोले अलि अलि सार्वजनिक हिसाबमा बोल्न नमिल्ने केहि शब्द जानिसकेको थिएँ। एकदिन भाइ Laxmi Nepal लाई महिला र पुरुषका केहि अंगका ठेट नेपाली नाम सिकाइदिएँ, उनी ५ बर्षका थिए होलान्, लगत्तै ति शब्दहरु हुबहु आमालाई सुनाएछन्। वहाँ अरुभन्दा अलि कडा स्वभाबकै हुनुहुन्थ्यो उ बेला, Laxmi भाइले ति शब्दहरु बिर्सिए होला, आमाले मलाइ झाँको झारेको म कहिल्यै बिर्सिन्न! Ganesh Bhattarai

५. कोल्बुङ स्कुलबाट बेलुका घर फर्किदा केहि साथीलाइ सेन्ट्री राख्ने अनि बाटो अासपासका नासपती, आरु, आल्चा, काँक्रा, बडहर, चिउरि चोरेर नाङदेरा स्कुलमा भालेजुधाइ खेल्दै खाको धेरै साथीहरूले बिर्सिए होला, मैले चाहिँ छैन है! स्मरणिय के छ भने फलफुल धनीले थाहा पाएको खण्डमा घट्ना नसेलाउन्जेल हाम्रो बाटोको रुट परिवर्तन हुन्थ्यो। Chhatra Niroula युद्धबहादुर बोहोरा Parmila Niraula Bam Niraula Tilbikram Chemjong

६. कुरा एकातप्पाकै- कक्षा ६ को अर्धवार्षिक परिक्षाको बेला थियो। दाइ Tika Ram Kattel र Balchandra Kattel सर संगै बस्ने, एउटै घरमा। Balchandra सरले बनाएको समाजिकको प्रश्न अघिल्लै दिन टिका दाइले सबै भनिदिनुभो मलाइ। वहाँले मायाले मलाई भन्दिनुभो, तर त्यहाँबाट सुरु भको डरले मलाई कण्ठस्थ अाउने पृथ्वीको उत्पति कसरि भयो? भन्नेको समेत उत्तर लेख्न सकिन र त्यो परीक्षामा त्यहि एउटा बिषयमा फेल भएँ!

७. यो बिषय पनि एकातप्पा कै हो, जरुरी समान खरिद गर्न उ बेला मंगलबारे पुग्नुपर्थ्यो। दाइहरु जानुभो मलाई लानुभएन, अनि मलाई चेम्जोङ स्टोरबाट किनेर ल्याइदिनुभको नया सेन्डो गन्जी वहाहरुकै अगाडी कामै नलाग्ने गरी च्यातेर रिस साम्य पारेँ। भको यत्ति हो। पछि Devicharan सोल्टीरुले गितै बनाउनु भो “पेन्ट मु*र, बहादुरी देखाउछ भेष्ट च्यातेर” जुन त्यतिबेला मलाई जिस्काउने धेरैको मसला बनेको थियो! कतिपय विषयहरू कमेन्ट सेक्सनमा पनि छन्। सम्भव भएसम्म क्रमश……

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार