नायिका पुष्पा लिम्बू गायनमा पनि !

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : निर्देशक किशोर सुब्बाले न्यूयोर्कबाट म्युजिक भिडियो सार्वजानिक गरेका छन् । गायक मविन्द्र राई र गायिका पुष्पा लिम्बूको स्वरमा रहेको ‘आउ माया…’ बोलको गीतलाई अमेरिकाको न्यूयोर्कमा छायांकन गरेका हुन् । गीतको रचना र संगीत गायक मविन्द्र राईले नै गरेका हुन् ।

पुष्पा लिम्बू खासमा नायिका हुन् । उनको खुर्पा, साम, हेल्लुक्वा, रेसलगायत धेरै चलचित्रमा अभिनय गरेकी पुष्पाले गाउन पनि शुरु गरेकी हुन् ।

गीतमा अमेरिकामै रहेका सुमन लिम्बू र सम्झना लिवाङले अभिनय गरेका छन् । जसलाई सम्भू मोक्तानको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन, विनय कंशाकारको कलर र माता पाथीभरा फिल्म्स्ले निर्माण गरेको हो ।

भिडियो जेपीजे इन्टरटेन्मेन्टको च्यानलमार्फत सार्वजानिक भएको हो ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार