संचारकर्मी प्रेम अधिकारीको शब्दमा गायीका सुनिताको ‘यो मन’ सार्वजानिक

इलाम : संचारकर्मी प्रेम अधिकारीको शब्द र गायीका सुनिता कटुवालको स्वर रहेको ‘यो मनले त्यो मनलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

दर्जनौ गीत बजारमा ल्याएर चर्चा कमाई सकेकी सुनिताले ‘यो मनले त्यो मनलाई’ बोलको आधुनिक गीतको भिडियो यूटुव मार्फत सार्वजनिक गरेकी हुँन । गायीका कटुवालले गीत सबै स्रोता ,दर्शकले मनपराउने बताईन ।

संचारकर्मी प्रेम अधिकारीको शब्द तथा बलराम समालको संगीत रहेको उक्त गीत पूर्वमै छायाङ्कन गरिएको छ । भिडियोमा समिर, बसन्त, सुधामा , सुस्मिता र अस्मिताले अभिनय गरेका छन । बसन्त राईको सम्पादन रहेको उक्त भिडियोलाई भिडियोलाइ श्री कुमार साम्पाङले निर्देशन गरेका छन् ।

इटहरीबाट संचालित पाथीभरा रेर्कडिङ स्टुडियो तथा निषाद संगीत बिद्यालयको संचालक समेत रहेकी गायीकाले इटहरीलाई कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा संर्घष गरीरहेकी छन । इलामबाट पत्रकारिता गर्दै आएका संचारकर्मी अधिकारीको शब्द रहेका १ दर्जन बढी गीत बजारमा आईसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार