
झापा : झापा जिल्लाको दमकमा हुन गइरहेको ‘कविता तङ्सिङ–२’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
‘याक्थुङ लेखक संघ जिल्ला तदर्थ समिति झापा’को आयोजना रहेको ‘कविता तङ्सिङ–२’ कार्यक्रममा प्रदेश १ का पूर्वप्रदेश प्रमुख गोविन्द तुम्वाहाङको प्रमुख आतिथ्यता रहनेछ ।
पूर्वका विभिन्न जिल्लाका ३५ कविहरुको उपस्थिति रहने, जसमध्ये १३ जना कविहरुले लिम्बु भाषा र २२ जना कविहरुले नेपाली भाषामा कविता वाचन गर्ने ‘याक्थुङ लेखक संघ जिल्ला तदर्थ समिति झापाका अध्यक्ष मौलश्री लिम्बुले जानकारी दिए । पहिलो कविता तङ्सिङमा नेपाली भाषामा मात्रै कविता वाचन भएको भनि जनगुनासो आउपछि सो गुनासोलाई मध्यनजर गर्दै दुवै भाषामा कविता वाचन गर्न लागिएको पनि उनले बताए । ‘कार्यक्रमका सम्पूर्ण तयारी सकिएको छ, विभिन्न जिल्लाबाट कवि तथा अतिथिहरु आउन थाल्नुभएको छ । वहाँहरुको बसाईको व्यावस्था आयोजकले मिलाएको छ, अध्यक्ष बताउँछन् ।’
लिम्बु भाषामा लेखिरहेका कवि र नेपाली भाषामा लेखिरहेका कविहरुले एकअर्कालाई नस्विकार्ने अवस्था सिर्जना हुँदै जानु सोचनिय रहेको बताउदै उक्त खाडललाई मध्यनजर गर्दै २४ गते बेलुका उक्त विषयमाथि वहस हुने पनि आयोजक बताउछन् ।
स्थानीय एकाग्र व्यान्डको साथमा कविहरुको कविता सुन्न सकिने उक्त कार्यक्रममा दर्शकहरुको भव्य उपस्थिति रहने आशा रहेको अध्यक्ष लिम्बुले बताए ।


















































