खोम गुरुङको ‘गुन्द्रुक साँधेको’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : दक्षिण कोरियामा रहेर नेपाली मौलिक साहित्यमा कलम चलाईरहेका कवी तथा गीतकार खोम गुरुङ्गको ‘गुन्द्र्क साँधेको’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुधबार ‘लिम्दुमी कृएसन’ युटुव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

सो गीतमा चर्चित गायिका मेलिना राई र नेपाल आइडल सिजन वानका फस्ट रनर अफ निशान भट्टराईको आवाज रहेको छ । चर्चित संगीतकार डिआर अटुले संगीत गरेका छन् भने राजु कार्कीले संगीत संयोजन गरेका छन् ।

शिशिर श्रेष्टको निर्देशनमा बनेको भिडियोमा मुन्द्रे कमेडी क्लबका हाँस्यकलाकार उमेश राई र सन्ध्या बुढा साथै कलेज नेपालको रियासा दाहाल बिनोद परियार र रोवट सिंहले अभिनय गरेका छन् ।

भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन र अमृत चापागाईले सम्पादन गरेका छ्न ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार