समिर सिंगकको ‘तेह्रथुमको चिनो’ सार्वजनिक ।। (भिडियो सहित)

तेह्रथुम, असोज
बहु प्रतिभाका धनि गायक समिर सिंगकले निकै व्यस्तका वावजुद ‘तेह्रथुमको चिनो कुसुमे रुमाल’ बोलको म्यूजिक भिडियो दर्शक सामु ल्याएका छन् । आफ्नो जन्मजिल्ला तेह्रथुमको सप्रेम व्याख्या गरेर आफैले लेखेको शब्दलाई गित तयार गरेर समिरले म्यूजिक भिडियो बनाएका हुन् ।

प्रशिद्ध एरेञ्जर चन्दु गोर्खालीले एरेञ्ज रहेको यो गितमा गायक आफैले संगित भरेका हुन् । प्रदेश नं.१ को उत्कृष्ट पर्यटकिय स्थल चोःलुङ पार्क,गुराँसको राजधानी टीएमजे क्षेत्र लगायत रमणिय स्थलमा छाँयाङकन गरिएको यो भिडियोमा सोल्टेनी बनेर समिरलाई नयाँ कलाकार धनु याक्थुङमाले साथ दिएकीछिन् ।

माया र प्रितीको भावलाई रोमाञ्चक ढंगले व्यक्त गरिएको मोर्डन लोक टाईपको यस भिडियोको दृश्यलाई सुरेन सेनेहाङले खिच्दै निर्देशन पनि आफै गरेका हुन् । भिडियोलाई सिमिक्लुङ दपर्णको युट्युव च्यानलबाट केही दिन अघि सार्वजनिक गरिएको छ ।

भिडियो यता,

https://www.youtube.com/watch?v=UZQtA8bccLg

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार