
काठमाडौं : लिम्बू भाषा, कला, संस्कृतिमा आधारित रहेर निर्माण गर्न लागिएको लिम्बू कथानक चलचित्र “छुइयाहा” को शीर्ष गीत रेकर्डिङ सकिएको छ ।
सोमबार काठमाडौं अनामनगरस्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर रहेको गीत बुद्धराज लिम्बूले संगीत गरेका हुन ।
आगामी जनवरी २०२० देखी पाँचथर, तेह्रथुम र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक स्थलहरुमा छायांकन हुने चलचित्र देवी जवेगुले निर्माण गर्न लागेका हुन् ।
सागर केरुङ्को लेखन/निर्देशन रहेको चलचित्रको केहि कलाकारहरुको छनौट प्रक्रिया चलिरहेको निर्माता जबेगुले बताए ।


















































