अब भारतीय र चिनियाँ पर्यटक भित्र्याउन पहल गरौं

  निनाम लोवात्ती
105 Shares

हाम्रो देश नेपालको (तीनतिर) पूर्व-दक्षिण-पश्चिम सीमा जोडिएको छिमेकी देश भारतका नागरिकहरु धेरै वर्ष अघिदेखि नेपालमा ठूलो संख्यामा पर्यटकको रुपमा आउने गरेका छन् । भारतीय नागरिकहरु वर्षेनी धेरै संख्यामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकका रुपमा दरिने गरेका छन् भने अलि अगाडिसम्म दोस्रो नम्बरमा धेरै संख्यामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटक चाहिँ बेलायत, जापान, अमेरिका, फ्रान्स, अष्ट्रेलिया आदि देशका नागरिकहरु हुने गर्थे । तर सर्वसाधारण चिनियाँ नागरिकहरुलाई चीन सरकारले भने सन् २००३ देखि मात्रै नेपालमा पर्यटक भएर आउने अनुमति दिन थालेको हो । तथापि पनि चिनियाँ सर्वसाधारण नागरिकहरुले नेपालमा पर्यटकका रुपमा आउन थालेको छोटो समयमा नै नेपाल आउने विदेशी पर्यटकको संख्यामा चिनियाँ पर्यटकहरु दोस्रो ठूलो संख्या हुन थालेको हो । तर पनि सन् २०१९ को कोरोना महामारीपछि चिनियाँ पर्यटकहरु तेस्रो, चौथो, पाँचौं, छैठौं स्थानमा रहन थाल्यो ।

हुन त सन् २००३ को पहिलो वर्ष ७ हजार ५ सय ६२ जना सर्वसाधारण चिनियाँ नागरिकहरु पर्यटकका रुपमा नेपाल भ्रमणमा आएका थिए । त्यस यता कोरोना महामारी (कोभिड-१९) सुरु नभएसम्म चिनियाँ पर्यटकको संख्या लगातार बढेको बढै थियो । तर सन् २०१९ को कोरोना महामारीपछि हालसम्म चिनियाँ पर्यटक प्रायः तेस्रो, चौथो पाँचौं स्थानमा रहने गरेको छ । आशा गरौं, सन् २०२४ हालको (चालू वर्ष) पछि विस्तारै दोस्रो हुँदै पहिलो स्थानमा आई पुग्ने छन् । हुनत नेपाल र चीनबीच धेरै वटा हवाई कम्पनीहरुले चीनको धेरै स्थान (सहर) मा हवाई उडान लागू गर्न सकेदेखि निश्चय नै चिनियाँ पर्यटकको संख्या चाँडै चार-चार गुणाले बढ्ने थियो ।

जे होस्, सन् २०१९ को अन्तिम ताका चीनको दक्षिणपूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको नोभेल कोरो्नाभाइरस (कोभिड-१९) को पहिलो लहरले विश्वलाई नै ‘त्राहीमाम !, त्राहीमाम !!’ बनाएको हुँदा केवल नेपालका लागि मात्रै नभएर विश्वका धेरै विकशित देशहरुका लागि पनि ‘सुनको फुल पार्ने कुखुरी’ अर्थात् चिनियाँ पर्यटकहरु सन् २०२०, २०२१ र २०२२ सम्म धेरै कम संख्या मात्रै चिनियाँ पर्यटकहरु विदेश भ्रमणमा निस्किएका थिए । के भनिन्छ भने, जत्ति महँगो सरसमान होस्, आपूmलाई मन परेपछि त्यस्तो सरसामान अथवा चिजबिचहरु किन्न कन्जुस्याँई गर्दैनन्, चिनियाँ पर्यटकहरु । त्यस्तै गरेर चिनियाँ महिलाहरु आपूmलाई मन परेका र सौखका चिजबिजहरु धेरै नै किनमेल गर्छन् ।

फेरि पनि भन्नु पर्दा लामो समयदेखि नेपाल आउने विदेशी पर्यटक सबैभन्दा धेरै भारतबाट आई रहेका छन् भने भारतय नागरिकहरुाई भिसा शुल्क पनि लाग्दैन । चिनियाँ पर्यटकका लागि भने १५ दिन, ३० दिन र, ९० दिने प्रवेशाज्ञा जारी गर्ने गरेको छ । त्यसो भए तापनि कोरोना महामारी (कोभिड -१९) ठीकठाक भएपछि नेपाल आउने विदेशी पर्यटकको ठूलो संख्या उत्तरको छिमेकी देश चीन हुने पक्का जस्तै देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रति व्यक्ति दैनिक धेरै खर्च गर्ने) को रुपमा विदेशी पर्यटक भएर विदेश घुमी रहेका थिए र, सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका त्यही चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा किन कम संख्यामा आउँछन्, उनीहरुले नेपाल भ्रमणमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा पनि हामीले बेलैमा सोच-विचार गनुपर्ने देखिन्छ । त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका थिए/छन् । अझ सन् २०२०,२०२१ र २०२२ मा चिनियाँ पर्यटकहरु कही कतै, कुनै देशमा पनि ठूलो संख्यामा पर्यटक भई भ्रमण गर्न निक्लेनन् ।

त्यस्तै चिनियाँ पर्यटकहरु नेपालमा चार-पाँच दिनदेखि ७-८-९-१० दिन बिताउने मात्रै बढी आउने गरेका छन् । हुनत चिनियाँ पर्यटकहरु कुनै पनि देशको भ्रमणमा निक्लदा ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, क्यानोइङ, प्याराग्लाइडिङ, साइक्लिङ, कायाकिङ, बालुनिङ,माउन्टेन प्mलाइट आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट नेपाली टुर अपरेटरहरुलाई आर्थिक रुपमा भने भारतीय पर्यटक हेरी धेरै आमदानी र फाइदा भई रहेको छ । त्यसो तापनि हामीले सन् २०२४/०२५ देखि बढ्ने पर्यटकीय गतिविधिबाट डिलक्स, लक्जरियस र, सक्दो धेरै खर्च गर्न सक्ने र कम्तिमा ९-१० दिनदेखि १४/१५ दिनसम्म बिताउने खालका चिनियाँ पर्यटकका साथै भारतीय पर्यटकहरु सक्दो धेरै भित्र्याउने प्रयासमा हामी अहिलेदेखि लाग्नुपर्ने देखिन्छ, पहल गनुपर्ने देखिन्छ ।

त्यसो त हालसम्म नेपाल आउने विदेशी पर्यटकहरु जति छन्, ती सबै सकेसम्म कम खर्च गर्नेहरु मात्रै रहेका छन् । तर, चिनियाँ पर्यटकहरु ‘मक्खिचुस’ नै भने होइनन् । किनभने, गत केही वर्ष अघिदेखि संयक्त राष्ट्र संघ सम्बद्ध संस्था युएन-डब्लुटीओ लगायत विश्व पर्यटनसँग सम्बिन्धित संघ-संस्थाहरुले गरेको विभिन्न अनसन्धान गरेर निकालेको तथ्यांकहरुमा चिनियाँ पर्यटकहरु लगातार रुपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिएका/दरिएका छन् । त्यतिमात्रै होइन, चिनियाँहरु संख्याकै आधारमा पनि विश्वका धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पर्यटकका रुपमा दरिएका छन् । सायद अब पृथ्वीको अस्तित्व रहेसम्म ! चिनियाँ पर्यटकहरुको संख्या र र खर्च गराई दुवैलाई अन्य देशका पर्यटकहरुले उछिन्न सक्ने छैनन् ! त्यसैले हामीले अब अरु देशहरुका साथै भारत चीनको पर्यटकलाई सक्दो धेरै पर्यटक भित्र्याउने प्रयास गरेमा हामीले हाम्रा दुवै छिमेकी देश (भारत र चीन) का पर्यटकहरु वार्षिक ८-९ लाखदेखि १३-१४ लाखको संख्यामा भित्र्याउन सकिन्छ । त्यसका लागि हामीले हवाई यातायात र सडक यातायातका विस्तार र विकासमा जति सक्दो छिटो ध्यान दिनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार