इलाम : इलाम निर्वाचन क्षेत्र नं. २ का मतदान स्थलमा उच्च सुरक्षा अधिकारीको टोलीले निरीक्षण भइरहेको छ । उप निर्वाचनलाई शान्तिपूण र भयरहित बनाउनका लागि इलाम २ का मतदान केन्द्रमा केन्द्रमा उच्च सुरक्षा निकायको संयुक्त टोलिले अनुगमन तथा निरीक्षण गरीरहेको हो ।
नेपाली सेनाको २१ नं. बाहिनीका प्रमुख सहायक रथी युवधिरमान सिं अधिकारी, नेपाल प्रहरीका कोशी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङ, शसस्त्र प्रहरीका डिआईजी अन्जनीकुमार पोखरेल सहित राष्ट्रिय अनुसन्धनको संयुक्त टोलीले इलाम महेन्द्ररत्न बहुमुखी क्यापस सहितका मतदान केन्द्रमा पुगेर अवस्था बुझेको छ ।
यस्तै मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इलामका एसपी बासुदेव खतिवडा, सशस्त्र प्रहरी बलका एसपी प्रदिप खड्का राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक तुलसीर प्रसाईं, रणसार्दुल गण इलामका गणपति प्रल्हाद घले सहभागी टिमले अनुगमन गरी रहेको छ । जिल्लाका ६ पालिका भित्रका ४२ वटा वडामा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।
निर्वाचन क्षेत्रका तीन हजार सुरक्षाकर्मी परिचान गरीएको छ । सुरक्षाका हिसावले सबै मतदान केन्द्रलाई संबेदनशिल मानिएको छ । १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ ।