२०२३ : नेपाल किन चिनियाँ पर्यटकको गन्तव्य बनेन ?

  निनाम लोवात्ती
105 Shares

कोरोना महामारी सकिएको घोषणापछि चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले पहिलो चरणमा आप्mना देशका नागरिकहरुलाई सन् २०२३, पेब्रुअरी ६ तारिखदेखि विदेश भ्रमण गर्न योग्य देशका रुपा २० वटा देशलाई तोकेको थियो । तर दुःखको कुरा त्यसरी पहिलो चरणमा चीन सरकारले चिनियाँ नागरिकलाई पर्यटक भई विदेश भ्रमण गर्न योग्य देशका रुपा तोकेको २० वटा देशहरुमा हाम्रो देश नेपाल चाहिँ परेको थिएन । तर पछिल्लो चरणमा चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले पहिलो चरणमा आप्mना देशका नागरिकहरुलाई विदेश भ्रमण गर्न योग्य देशमा नेपाललाई पनि पारेको थियो । जे होस् चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले पहिलो चरणमा आप्mना देशका नागरिकहरुलाई सन् २०२३, पेब्रुअरी ६ तारिखदेखि विदेश भ्रमण गर्न योग्य देशका रुपमा अनुमति दिएको २० वटा देशहरु थिएः १, थाईल्यान्ड । २, इन्डोनेसिया । ३, कम्बोडिया । ४, माल्दिभ्स । ५, श्रीलंका । ६, फिलिपिन्स । ७, मलेसिया । ८, सिंगापुर । ९, लाओस । १०, संयुक्त अरब ईमिरेट्स । ११, इजिप्ट । १२, केन्या । १३, दक्षिण अफ्रिका । १४, रुस । १५, स्वीटजरल्यान्ड । १६, हंगेरी । १७, न्यु जिल्यान्ड । १८, फिजी । १९, क्युबा र २०, अर्जेन्टिना ।

हुनत चिनियाँ पर्यटकको हालको प्रथम रोजाईका देशहरुमा चाहिँ जापान, दक्षिण कोरिया, अमेरिका, अष्ट्रेलिया, नर्बे, फ्रान्स, जर्मनी, अष्ट्रिया, इटली, पोर्चुगल आदि देशहरु रहेका छन् । त्यसो त हालसालै चिनियाँ पर्यटन उद्योगसँग सम्बन्धित संस्था ‘चाईना आउटबाउन्ड टुरिज्म रिसर्च ईन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा एक सय ७० मिलियन चिनियाँ नागरिकहरु पर्यटक भएर विश्वका विभिन्न देशहरु घुम्न निक्लिएका थिए भनेदेखि, सन् २०२३ मा चाहिँ एक सय १० मिलियन चिनियाँ नागरिकहरु पर्यटक भएर विदेश भ्रमणमा निक्लने अनुमान गरिएको थियो । त्यस्तै गरेर सन् २०१९ मा चिनियाँ पर्यटकहरुले विश्वका विभिन्न देश घुम्ने क्रममा दुई सय ५४ दशमलब ६ बिलियन अमेरिकी डलर खर्च गरेका थिए ।

चिनियाँ नागरिक जो पर्यटक भएर विश्व भ्रमण गर्न निक्लिने गरेका छन्, केही वर्षदेखि उनीहरु विश्वकै धेरै पर्यटकका रुपमा दरिएका छन् । त्यस्तै चिनियाँ पर्यटकहरु विश्वकै धेरै खर्च गर्ने पर्यटकका रुपमा पनि दरिन थालेका छन् । त्यही भउर पनि विश्वका विभिन्न देशले आ-आप्mनो देशमा चिनियाँ पर्यटक भित्र्याउनका लागि अनेक खाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’ ल्याउन थालेका थिए-थालेका छन् । जस्तै कि यहाँ एक उदाहरण दिनु पर्दा पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले केही वर्ष अघिदेखि चिनियाँ पर्यटकलाई ‘फ्रि भिसा’मा आप्mनो देश घुम्न दिने गरेको छ । त्यस्तै केही समयअघि ट्रिप डट कमको, डाटा ग्रुपलाई उद्धृत गर्दै लेखिएअनुसार सन् २०२२ को डिसेम्बर अन्तिम ताका मात्रै जुन वेला कोरोना महामारी साम्य भएको भनी औपचारिक रपमा घोषणा भएको थियो, दुई सय ५४ प्रतिशतले चिनियाँ नागरिकहरुले अन्य देशको भ्रमणमा जानका लागि ‘एयर टिकट’ काटेको तथ्यांक रहेको थियो ।

यो पंक्तिकारको विचारमाचाहिँ हामीले चिनियाँ पर्यटक धेरै भन्दा धेरै नेपाल भित्र्याउनका लागि चीनको ठूलो र धेरै जनसंख्या बसोवास गर्ने सहरहरु चोङकिङ, साङघाई, बेईजिङ, छेङदु, ग्वाङझाओ, शेनजेन, तियानजिन, वुहान, शुझोउ, हार्बिन लगायतअ सरहमा चीन-नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । त्यस्तै अर्को भनेको हामीले चिनियाँ एयरलाईन्सहरु साउथ चाईना एयरलाईन्स, चाईना ईस्टर्न, एयर चाईना, हाईनान एयर, शाङघाई एयर, शेनजेन एयर, सिचुआन एयर, सियामेन एयर आदिलाई नेपालमा कम्तिमा हप्ताको एक-एक उडान गराउन पहल गर्नुपर्ने देखिन्छ । अझ संभव भएदेखि हप्तामै २०-२२ उडान गर्न सके झनै राम्रो हुन्छ । हुनत १७ जनवरीदेखि हिमालय एयरले चीनको राजधानी बेईझिङमा आप्mनो उडान फेरि सुरु गरिसकेको छ । त्यस्तै नेपाल एयरलाईन्सले पनि चीनको राजधानी बेईझिङ, गुईयाङ, चाङसा, शेनजेन लगायत सहरमा उडान गर्ने तयारी गरिरहेको भन्ने समाचार आएको छ ।खासमा सन् २००३ देखि मात्रै चिनियाँ नागरिकहरु पर्यटकका रुपमा नेपाल आउन थालेका हुन् । सो वर्ष ७ हजार ५ सय ६२ जना चिनियाँ पर्यटकहरु नेपाल भित्रिएका थिए । त्यसयता चिनियाँने पर्यटकको संख्या लगातार बढेको थयो गएको दुई तीन वर्ष (सन् २०२०, २०२१, २०२२ मा) बाहेक । त्यसैले हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रति व्यक्ति दैनिक धेरै खर्च गर्ने) को रुपमा विदेश घुमी रहेका र, सबैभन्दा धेरै दैनिक खर्च गरी रहेका त्यही चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरुले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा बेलैमा सोच्नुपर्ने देखिन्छ ।

स्न २०२३ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या अर्थात् तथ्यांक तल उल्लेख गरिएको छ । जनवरी महिनामाः एक हजार ४३६ जना । फेब्रुअरी महिनामाः दुइ हजार २६६ जना । मार्च महिनामाः दुइ हजार ६३५ जना । अप्रिल महिनामाः चार हजार ७७० जना । मे महिनामाः चार हजार ६६७ जना । जुन महिनामाः चार ३४२ जना । जुलाई महिनामाः पाँच हजार ५९३ जना । अगस्ट महिनामाः पाँच हजार २७ जना । सेप्टेम्बर महिनामाः आठ हजार १७४ जना । अक्टोबर महिनामाः छ हजार ८८० जना, नोभेम्बर महिनामा सात हजार ६०१ जना । र डिसेम्बर मा ७ हजार ३७० जना । यसरी हेर्दा सन् २०२३ मा ६० हजार चानचुन चिनियाँ पर्यटकहरुले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । अर्को भनेको तथ्यांककै कुरा गर्दा सन् २०२३ मा दुइ महिना मात्रै चिनियाँ पर्यटकले नेपालमा दोस्रो स्थान ओगट्यो । त्यसपछि तेस्रो, चौथो, नवौं र ११ औं स्थानसम्ममा झरेका थिए । जुन तथ्यांक साह्रै नै दुःखद तथ्यांक हो भन्न सकिन्छ । हो । किनभने चीन सरकारले १५ मार्चदेखि दोस्रो पटक आप्mनो देशका नागरिकहरुलाई पर्यटक भई घुम्न अनुमति दिएको देशहरुमा नेपाल पनि परेको थियो, छ । त्यसपछि चकाचक चिनियाँ पर्यटकहरु नेपाल भ्रण गनृ आउलमन् भन्ने जुन अपेक्षा गरएको, त्यस्तो भएन । हुनत पछिल्लो पटक आएको एक समाचारअनुासर जति सक्दो धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउनका लागि सन् २०२५ मा चीनमा नेपाली पर्यटन प्रवद्र्धनार्थ ‘नेपाल पर्यटन वर्ष-२०२५’ मनाउने घोषणा गरिएको छ । निश्चय नै यस्तो कार्यले नेपालमा चिनियाँ पर्यटकहरुको आगमन दरमा बढोत्तरी हुने आशा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार