जेठ २ देखि चिनियाँ भेरोसेल खोप काठमाडौंका यी ठाउँमा लगाइने

  नयाँ बुलन्द
21 Shares


जेठ २ देखि चिनियाँ भेरोसेल खोप काठमाडौंका यी ठाउँमा लगाइने

काठमाडौं : चीनले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्र यही जेठ २ गतेबाट लगाउन थालिने भएको छ ।

भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समुहले दोश्रो खोप उपत्यकामा काठमाडौं महानगरको ३२ खोप केन्द्र, कीर्तिपुरमा दुई, चन्द्रागिरीमा तीन, नागार्जुनमा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्रबाट लगाउन सकिने रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

त्यस्तै टोखामा २, बुढानीलाकण्ठमा २, गोकर्णेश्वरमा दुई , शंखरापुरामा १ र कागेश्वरी मनोहरामा एउटा खोप केन्द्र तोकिएको छ ।

तर कोभिसिल्डको पहिलो खोप लगाएका ६० वर्ष माथिको उमेर समुहका लागि भने खोपको दोस्रो मात्रा लगाउने मिति भने अझै तोकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार