इलाम : नेपाली लिम्बू चलचित्र के:बा काे:क्मा (लाटाे पहाड) भालि इलामकाे जीतपुरमा विशेष प्रर्दशन हुँदैछ । चलचित्र पर्दशनकाे सम्पूर्ण तयारी भएकाे आयाेजक समाजवादी अध्ययन केन्द्रले वताए । केन्द्रकाे आयाेजनामा इलामकाे देउमाई नगरपालिका ९ जीतपुर नवमी बजार जीतपुर माविमा प्रर्दशन हुन लागेका हाे । जसकाे लागि सम्पूर्ण प्राविधिक कामहरु सम्पन्न गरिएकाे र अब मात्र दर्शक कुर्दै बसिएकाे केन्द्रका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिए । चलचित्र प्रर्दशन सफलतापूर्वक सम्पन्न हुने समेत आयाेजककाे विश्वास रहेकाे छ ।

लिम्बु समुदायकाे संस्कृति झल्काउने र सांस्कृतिक मुद्दा लड्न चलचित्रले शसक्त भूमिका खेलेकाे चलचित्र निर्माता तथा निर्देशककाे दाबी रहेकाे छ । कवि तथा साहित्यकार उपेन्द्र सुब्बाकाे लेखनमा रहेकाे चलचित्रलाई निर्देशक रवि शेर्मा लिम्बुले निर्देशन गरेका छन् भने चलचित्रकाे निर्माण युवा नेता आइन्द्र सुन्दर नेम्बाङकाे रहेकाे छ ।
















































