स्वतन्‍त्र, लुदिन र पुवामझुवा विजयी

  विविसी हाङखिम
0 Shares

सन्दकपुर : इलामको सन्दकपुर-२ माइमझुवामा जारी खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगितामा स्वतन्त्र, लुदिन र पुवामझुवा विजयी भएका छन् ।

श्याम्बल माविको खेलमैदानमा भएको पहिलो खेलमा शङ्खे ढुङ्गा एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वतन्त्र एफसी रानिटार बनेको छ । दोस्रो खेलमा तेर्से स्पोर्टिङ क्लबलाई ३-० अन्तरले पराजित गर्दै लुदिन एफसी पाँचथर विजेता बन्यो । तेस्रो खेल तथा अन्तिम खेलमा यल्लो सेभेन माइमझुवालाइ २-० ले पाखा लगाउँदै पुवामझुवा एफसी विजेता बन्यो ।

शुक्रबारदेखि दोस्रो चरणको खेल शुरु हुनेछन् । पहिलो खेलमा गिताङ ‘बी’ गिताङ र बौद्ध मार्ग एफसी माबु, दोस्रो खेलमा मिरिक एफसी माबु र गिताङ एफसी ‘ए’, तेस्रो खेलमा टोड्के झर्ना एफसी ‘ए’ र माइहाइड्रोपावर एफसी तथा चौथो खेलमा जमुना एफसी जमुना र सेतोगुलाफ एफसीबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल विजयदशमीको दिन २१ असोजमा हुनेछ । प्रतियोगितामको बिजेता टिमले नगद ६१ हजार र उपविजेताले नगद ३१ हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार