शहिद स्मृति फूटबल : आयोजक र घुर्बिसे पंचमी विजयी

  नयाँ बुलन्द
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी तेस्रो संस्कणको शहिद स्मृति खुल्ला नकआउट फूटबल प्रतियोगितामा आयोजक ‘वी’ र घुर्बिसे पंचमी विजयी भएका छन् ।

मंगलबारको पहिलो खेलमा सिरीजंगा फूटबल क्लब आमचोकलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइलनमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट २-२ गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकबाट विजेता निर्धारण गरिएको थियो । त्यस्तै दोस्रो खेलमा आयोजक ‘सी’ लाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै घुर्बिसे पंचमी विजेता बन्यो ।

प्रतियोगिता अन्तरगत बुधबार पनि दुई खेल संचालन हुनेछन् । पहिलो खेलमा माईपोखरी फूटबल क्लब र मंगलबारे फूटबल क्लब तथा दोस्रो खेलमा फाल्गुनन्द फूटबल क्लब फाकफोथुम ७ र इन्द्रेणी फूटबल क्लब लुम्देबीच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव सुमन दियालीले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद ५० रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता छ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार