
चेतन आङथुपो
चुलाचुली : दक्षिणी इलामको चुलाचुलीस्थित ग्रामिण क्षेत्रमा रहेर कला र रंगमञ्चको विकास र प्रवद्र्धनमा काम गर्दै आइरहेको नाटय संस्था चुलाचुली रंगमञ्चले गाउँमा पुस्तकालय तथा नृत्यशाला उद्धघाटन कार्यक्रम सम्पन गरेको छ ।
ग्रामीण सौन्दर्यको खोजीू नारा रहेको चुलाचुली रंगमञ्चको कार्यक्रममा अभिनेता रंगकर्मी सुवास थापा को प्रमुख अतिथित्व रहेको थियो । थापाले कार्यक्रममा भने,–नाटक र नृत्य क्षेत्रमा बाहिरी कलचरको सिकाइ गराउने प्रयासमा मौलिकताको विषयपछि हुने कुरामा कलाकार सचेत हुनु पर्ने वताए ।
सिर्जनशील क्षेत्रमा काम गरिरहेको स्रष्टाहरूको भेलामा चलचित्र निर्देशक रवि शेर्मा, युवा समाज सेवी सुवास आङथुपो, भुपेन योङया, सुर्य लिम्बू, शरण जवेगु, बलराम गिरी शिक्षासेवी सेतु प्रकाश राई, सुमन लावती लगायतको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले रंगमञ्चको अभियान गाउँमा पुस्तकालय व्यवस्थापन गर्ने समाजका जिम्मेवारी मान्छेहरू लागि पर्नु परने विषयमा बोलेका थियो।
रंगमञ्चले आयोजना गरेको विशेष शुभकामना आदनप्रदान कार्यक्रमा युवा गजलकार मदन चौहान, नरेन्द्र नेम्वाङ, रूद्र प्रभात, कल्पना कल्पुले रचना बाचन गरेको थियो । संस्थाको अध्यक्ष तथा रंगकर्मि मानहाङ लावतीको संयोजक रहेको कार्यक्रम सनन्तोस गिरीले सञ्चालन गरेका थियो ।
एक दसक देखि गाउँमा नाटक गर्दै आएको नयाँ बाटो नयाँ पाइला नाट्य समूह २०६९ साल यतादेखि चुलाचुली रंगमञ्च नाटय संस्थाको नाममा स्थापित रहेको छ ।
दुई दर्जन बढी सडक, कचहरी, कथा बाचन, मूर्ति नाटक गर्दै आएको रंगमञ्चले क्षेत्रीय र राष्ट्रिय नाटक महोत्सवमा सहभागी रहेर नाटक मञ्चन गरि सकेका छन । सेट लाइटमा देवाङसी राजा–२०७३, सुवीउ चरी–२०७१, किपट–२०७० मञ्चन भएका उत्कृष्ट नाटक हुन ।
रंगमञ्चका निवर्तमान अध्यक्ष तथा रंगकर्मि केशर भुजेल भने,–नाटकलाई व्यवसायक रूपमा लैजान सशुल्क नाटक गरिन्दै आएकाछौं, यसपटक बालबालिका र किशोर अस्थाका विद्यार्थीको प्रतिभालाई विकसित गर्ने समयमै सिर्जनशील बनाउने उदेश्यले नृत्य कक्षा संचालमा ल्याएको वताए ।
नाटक प्रशिक्षण, नृत्य प्रशिक्षण साथै चुलाचुली रंगमञ्चले एक बर्ष यता सहयोगी दाताहरूको सहयोगमा गाउँमा पुस्तकालय नामको पुस्तकालय व्यवस्थापन गर्दै आइरहेका छन । साविक वडा नं। ७ मा रहेको रंगमञ्च कार्यालय भने चुलाचुली गाउँपालिका–४, इलाम मा रहेको छ ।


















































