
गायिका कनिका कपुरमा कोरोना संक्रमण देखिएको छ । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिकामा कोरोना संक्रमण देखिएको भारतीय मिडियामा उल्लेख छ । उनी केही दिन लखनउमा पनि बसेकी थिइन् । उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन् ।
उनी लखनउको एक महंगो होटलमा बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीलाई लखनउमा नै आइसोलेसनमा राखिएको थियो ।
















































