हालै विश्वभरि ‘४५ औं विश्व पर्यटन दिवस’ मनाईएको थियो । नेपालमा पनि सोअनुसार विभिन्न कार्यक्रम हरु गरेर पर्यटन दिवस मनाइएको थियो । तर, यसपालि पर्यटन दिवसका बारेमा नेपाली मिडियाहरुमा त्यति विधि चर्चासमाचारहरु त्यति धेरै आएनन् । नेपालको पर्यटकीय गतिविधि बारेमा नेपाली मिडियाहरुमा त्यति विधि चर्चा पाएनन् । हुन सक्छ, लगत्तै आएको बाढी पहिरा र त्यसले गरेको धनजनको क्षतिका कारण पनि नेपाली मिडियाहरुमा पर्यटकीय गतिविधहरुको चर्चा परिचर्चा गर्न नपाउँदै लगत्तै आएको बाढी पहिरा र त्यसले गरेको धनजनको क्षतिका विवरणबारेमा समाचार दिनतिर दत्तचित्त भई लाग्न परेका कारण होस् ?!
जे भए तापनि लगभग चार महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्र्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी भनी घोषणा गरेका थिए । खास कुरो बुझिएअनुसार गण्डकी प्र्रदेशको राजधानी पोखरालाई ‘पर्यटकीय राजधानी’ भनी गरिएको घोषणा सभा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको तजबिजमा मात्रै भएको हो, त्यसमा संघीय सरकारको भूमिका छैन, केन्द्र सरकारले कुनै निणर्य गरेको छैन । त्यसैले यस कार्यका लागि संघीय सरकारले पनि निणर्य गरिहाल्नुपर्ने देखिन्छ । हुन पनि धेरै समय अघिदेखि नै पर्यटन व्यवसायीहरु माझ पोखरालाई अनौपचारिक रुपमा पर्यटकीय राजधानीभनेर भन्ने गरिन्थ्यो, चिन्ने गरिन्थ्यो । जे भए तापनि हालसालै देशका सरकार प्रमुख अर्थात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्घारा औपचारिक रुपमा गण्डकी प्र्रदेशको राजधानी पोखरालाई ‘पर्यटकीय राजधानी’ भनी घोषणा गरिएको छ । पोखरा सहरलाई देशकै पर्यटकीय राजधानी घोषणा गरिएपछि अब बाँक िरहेको माछापुछ्रे हिमालको ‘कुमारीत्व भंग गर्ने कुरो !?’ अर्थात् अब माछापुच्छ्रेलाई पर्वतारोहीहरुका लागि आरोहण गर्न खुल्ला गरौं (अनुमति दिऔं) भन्ने यो लेखको आशय रहेको छ ।
हुन पनि न त उचाइका हिसावले माछापुच्छ्रे हिमाल न धेरै अग्लो हो न धेरै होचो हो । ‘माछापुच्छ्रे हिमाल’ हिमालको उचाइ छ हजार नौ सय त्रियानब्बे (६,९९३) मिटर मात्रै रहेको छ । साथै माछापुच्छ्र्रे हिमाल नेपालको पछिल्लो प्रशासनिक विभाजनअनुसार गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे्र गाउँपालिकामा पर्छ भने, सो हिमाललाई अंग्रेजी भाषामा फिसटेल’ र स्वीस-जर्मन भाषामा ‘म्याटर्नहर्न !’ भनिन्छ । त्यस्तै गुरुङ आदिवासीले चाहिँ ‘कतासुँ क्लिको’ (विकिपेडियाअनुसार) भनी पुकार्छन् । नेपाली भाषामा चाहिँ ‘माछापुच्छ्रे्र’ भन्ने नाम भई हाल्यो । अहिले आरोहणका लागि निषेध गरिएको माछापुच्छ्र्रे हिमाल सुरुदेखि आरोहण गर्न नेपाल सरकारले निषेध गरेको थियो ? यो विषयमा तपाईँ-हामीमध्ये धेरै कमलाई मात्रै वास्विकता थाहा छ । त्यसैले अब हामीले ‘माछापुच्छ्र्रे हिमाल’ गर्न दिने, नदिने भन्ने सम्बन्धमा फेरि आम जनताबीच व्यापक रुपमा छलफल र बहस गर्नुपर्ने देखिन्छ । किनभने इतिहास हेर्दा/पढ्दा सर्व प्रथम सन् १९५६ मा माछापुच्छ्र्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम विदेशी पर्वतारोहीहरुले गरेका थिए । संभवतः उनीहरु बेलायती टोली रहेका थिए । स्रोतः डाक्टर हर्क गुरुङद्धारा लिखित विषय विविध पाना-८६ । सो टोलीले बाटो खोज्दै जानेक्रम (माछापुच्छ्र्रे आधार शिविर जाने बाटो) मा सो वेला ‘पञ्चेनीवराह’ नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज थाहा भयो । त्यस कारणले गर्दा नै सो भन्दा माथिका ठाउँलाई ‘अन्नपूणर् सेङचुरी’ नामाकरण गरे, बेलायती पर्वतारोही टोलीले ।
गुरुङले लेखेअनुसार सोही बेलायती टोलीले नै सन् १९५७ मा माछापुच्छ्रे्र हिमाल आरोहणको प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्र्रे हिमालभन्दा केवल ४५ मिटरमुनी पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाण्डौस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आपूmले चढ्न नसकेको चुलीमा अरु नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको किताब ‘क्लाईम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आपूmले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ भनी गुरुङले आप्mनो लेखमा थप प्रस्ट्याउँदै लेखेका छन् ।
हुन पनि सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामाकरण भएका चुलीहरुको नेपाली नामाकरण गर्ने समितिको संयोजक गुरुङ स्वयम् रहेका थिए । त्यसैले गुरुङले सोही लेखमा पुनः लेखेका छन्, ‘सन् १९८३ मा विदेशी नाउँ भएका चुलीहरुको नेपाली नामाकरण गर्ने समितिको संयोजकको रुपमा म मोदीखोलाका गाउँहरु घुमेँ । हिमचुलीहरुको स्थानीय नाउँ त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’
सन् १९५६ मा माछापुच्छ्रे हिमाल चढ्ने बाटो खोज्न गएकै टोलीले सन् १९५७ मा माछापुच्छ्रे आरोहणको प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्र्रे हिमालभन्दा केवल ४५ मिटरमुनी पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाण्डौस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आपूmले चढ्न नसकेको चुलीमा अरु नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको किताब ‘क्लाईम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आपूmले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ साँच्चै गुरुङले भनेझँै एकजना मानिसको चाहनाले त्यो वेलाको नियमलाई प्रभावित गरेको देखिन्छ । जुन सरासर गलत नजीरको रुपमा स्थापित भयो । नभएदेखि हालसम्म सगरमाथा हिमालपछि संभवतः माछापुच्छ्रे हिमालमा धेरै संख्यामा पर्वतारोहीहरु ओइरिने थिए कि ?
त्यसो त माछापुच्छ्रे निषेधित भएको धेरैपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीहरुको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीहरुले माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नु पर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुभ्mनु पर्छ भनेका थिए । कुनै हिमाल वा स्थान वा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्क संगत र न्याय संगत नहोला कि ? त्यसो भन्नु आजको जमानामा अव्यवहारिक नै हो कि ? के भनिन्छ भने, कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाईको छ, हालसम्म कति पर्वतारोहीले चढे ? भन्नेमा रहेको हुन्छ ।
पछिल्लोपटक प्रदेश सरकार बनेपछि प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने/खोल्नुपर्ने भनी केन्द्रीय सरकारलाई आप्mनो राय/सुझाव दिई सकेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर-४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूणर् बहादुर शाहीले बताएका छन् । तर, पनि माछापुच्छ्रे हिमाललाई पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिने/नदिने अधिकार केन्द्रीय सरकारलाई रहेको बताउँछन्, प्रवक्ता शाही ।
अझ त्यो वेलाको नेपाली समाज त्यो वेला (लगभग ६७-६८ वर्षअघिको) को चेतना र बुझाईको स्तर अे जत्तिकहा थियो र ? यसो भन्दाखेरि यो पङ्तिकारले ऊ वेलाको समाजलाई कम आँकेको होइन, चेतना नै थिएन, बुझक्की नै थिएन् भन्ने चाहिँ पटक्कै होइन । तथापि आजक पस्ता धेरै नै फरक सोच्ने र बुभ्mने भई सकेका छन् । त्यसैले अब फेरि कुनै पनि पोखरेलीसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखी राख्नु ठीक होला कि, आरोहणका लागि खुल्ला गर्नु ठीक होला ? भनी प्रश्न गरेमा विरलै पोखरेलीहरुले मात्रै ‘माछापुच्छ्रे हिमाललाई अभैm पनि निषेधित नै राखौं, किनभने माछापुच्छ्रे हिमाल कुमारी, पवित्र र सुन्दर छ !’ भन्लान् । त्यसैले अब प्रदेश सरकार र केन्द्र सरकारले जति सक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहण प्रेमीहरुका लागि खुल्ला गरेको घोषणा गरोस् । खासमा भन्ने हो भने माछापुच्छ्रे हिमालले केवल पोखरा अनि पोखरा सहर वरपरको मात्रै नभएर गण्डकी प्रदेश र, समग्र देशको विकासमै योगदान गर्न सक्ने संभावना देखिन्छ । किनभने माछापुच्छे्र हिमाल अन्य हिमालहरु हेरेर केही सुगम स्थानमा छ । आकर्षक रहेको छ । अनि अति सुन्दर पनि छ । उचाई पनि न धेरै अग्लो न धेरै होचो, ठिक्कको छ । सबैभन्दा महत्वपूणर् भनेको यो हिमाल हालसम्म कसैले नचढेको कुमारी अर्थात् भर्जिन रहेको छ !? यातायातको दृष्टिले पनि धेरै सुगम स्थानमा रहेको छ भने, गाउँ-वस्तीबाट नजिक रहेको छ ।