नपुग्ने भो ‘१६ लाख’

  निनाम लोवात्ती
49 Shares

हालै गएको जुलाई महिनामा नेपाल भ्रमण गर्न आएक विदेशी पर्यटकको संख्या बाहिर आएको छ । सो तथ्यांकअनुसार २०२४ को जुलाई महिनामा चाहिँ कव ६४ हजार ५९९ जना विदेशी पर्यटकको नेपाल भ्रमण् गरेका छन् । यो पर्यटक संख्या सन् २०२४ को ७ महिनाकै सबैभन्दा कम विदेशी पर्यटकहरुको नोल आगमन हो । यसरी हेर्दाखेरि सात महिना (जनवरीदेखि जुलाई) सम्ममा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको कुरो गर्दा सन् २०२४ को आधा अर्थात ७ महिनामा छ (६) लाख ४७ हजार ६१५ जना पुगेको छ । अबको पाँच महिनामा नौ लाख (९) लाख चार (४) हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आउनका लागि महिनैपिच्छे एक लाख पचास हजार चानचुन आउनुपर्ने हुन्छ । जुन संख्यामा दिेशी पर्यट बाँकी अवधिमा अउनु अकसंभव जस्तै कुरो हो ।

हुन पनि हामी नेपालीहरु जे कुरो पनि हचुवाका भरमा गर्छौ । जस्तै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको वार्षिक संख्याको कुरोलाई नै लिऊँ । सन् १०९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने भनी नेपाmल भ्रमण वर्ष घोषणा गरेका थियौं भने, स् २०११ मा १० चाहिँ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने घोषणा गरेका थियौं । त्यस्तै सन् २०२० पनि मा ‘नेपाल भ्रमण वर्ष-२०२०’ भोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएका थियौं । संयोगले सन् २०१९ को अन्त्यतिर कोभिड-१९ को महामारी सुरु भएकोले गर्दा हाम्रो नाक जोगियो भन्नु पर्यो । नत्र भने संख्याको हिसावमा हामीले नराम्रोसँग फेल खानेवाला थियौं ।

त्यसो त सन् २०२३ मा चाहिँ सरकारको लक्ष्यभन्दा १४ हजार चानचुन बढी विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्न आएकमा थिए । जुन धेरै राम्रो कुरो हो, हाम्रा लागि । उता सन् २०२० मा चाहिँ २० लाख विदेशी पर्यटक भित्र्याउने उदेश्य लिएर ‘नेपाल भ्रमण वर्ष-२०२०’ मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । त्यसैअनुसारको तयारी पनि गरिएको थियो । तर, सन् २०१९ को डिसेम्बर अन्तिम ताका चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट कोरोनाभाइरस (पछि कोभिड-१९ नाम दिईएको) महामारी पैmलिएपछि नेपालमा मात्रै नभएर विश्वभरि पर्यटन उद्योग वा पर्यटन क्षेत्रमा डाँवाडोलको स्थिति आयो । एउटै देशले पर्यटनबाट हुने अबौं डलर बराबरको कमाइबाट वञ्चित हुनु परेको थियो, त्यो समयमा । अहिलेसम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्यांक हेर्दाखेरि सन् २०२४ मा पुग-नपुग ११ लाख ३९-४३ हजारदेखि ११ लाख ५७-५९ हजारसम्म विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउने अनुमान गर्न सकिन्छ । तर, नेपालले तुरुन्तै विभिन्न देशमा वहाई उडान थप्न सके बाँकी पाँच महिनामा डेढ-दुई लाख विदेशी पर्यटकहरु बढ्लान् भनी आशा गर्न सकिन्छ ।

अर्को भनेको हालसम्म (सन् २०२४ को ७ महिनामा) नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरुको महिनैपिच्छेको संख्यात्मक तथ्य-तथ्यांक हेर्दाखेरि सन् २०२४ को पहिलो महिना अर्थात् जनवरीमा ७९ हजार १०० जना, फेब्रुअरीमा ९७ हजार ४२६ जना, मार्चमा एक लाख २८ हजार १६७ जना, अप्रिलमा एक लाख ११ हजार ३७६ जना, मेमा ९० हजार २११ जना, जुनमा ७६ हजार ७३६ र जुलाई महिनामा चाहिँ ६४ हजार ५९९ जना विदेशी पर्यटकको नेपाल आगमन भएको छ । यसरी मासिक तथ्यांक हेर्दा सन् २०२४ को सात महिनामा ६ लाख ४७ हजार ६१५ जना पुगेको छ । यो तथ्यांंकलाई समग्रमा गणना गर्दाखेरि सन् २०२४ को बाँकी ५ महिनामा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या हरेक महिना लगभग एक लाख ५६-५९ हजार हाराहारी आउनुपर्ने हुन्छ । जुन असंभव प्रायः हो । यही गतिमा नेपालमा विदेशी पर्यटकको आगमन भएमा सन् २०२४ १६ लाख त होइन, १२ लाख पुग्नका लागि पनि अब फलामको चिउरा चपाउनुसरह हुन्छ ।

हुनत आजभोलि नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा पर्यटकीय गतिविधि बढेको अवस्था छ, हो । भनिन्छ, आजभोलि जुनसुकै देशका मानिसहरु कमाउने, रमाउने, मनोरञ्जन गर्ने खालका हुन्छन् । उनीहरु त्यसका लागि स्वदेश विदेशमा घुम्न जाने गर्छन् । अनि हाम्रो देश नेपाल ‘मास टुरिस्ट’को त प्रमुख गन्तव्यकै रुपमा विकशित हुँदै गई रहेको देखिन्छ । त्यसैले गर्दा अभैm पनि नेपाल सरकारले तुरुन्तै विभिन्न देशमा अन्तर्राष्ट्रिय हवाई उडानहरु सुरु गरेदेखि सन् २०२४ को बाँकी ६ महिनामा धेरै नै गर्न सकिन्छ, नेपालमा विदेशी पर्यटकहरुको संख्या धेरै ठूलो परिणामामा भित्र्याउनका लागि एवम् नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि । तर नेपाल सरकारले तुरुन्तै त्यस्तो जादुमयी काम जस्तो लाग्ने काम तुरुन्तै गरिहाल्ने छाँटकाँट नै देखिँदैन । हो, साँच्चै विभिन्न देशमा तुरुन्तै अन्तर्राष्ट्रिय हवाई उडान थप्न सके अझै पनि वार्षिक रुपमा केवल १२-१३ लाख मात्रै होइन, १५-१६ लाख मात्रै पनि होइन कि, १८-१९ लाखदेखि २०-२१-२२ लाखसम्म सजिलै पुग्न सक्ने संभावना देखिन्छ । तर, तत्काल चाहिँ त्यो संभावना देख्दै देखिँदैन । किनभने वाह्य देशसँग हवाई यातायातको विस्तार नभै जसले जस्तो सुकै गफ लगाए पनि हाम्रो देश नेपालमा विदेशी पर्यटकको संख्या धीमा गति (यही गति) मा नै सीमित रहिरहने देखिन्छ । अझ ईयुले सन् २०१३ देखि गर्दै आएको नेपाली हवाई जहाजमाथिको (हवाई उडान सम्बन्धी) कालो सूची अर्थात् ‘ब्ल्याक लिस्ट’को राजनीतिलाई उसले अर्को ६ महिना कायमै राख्ने घोषणा गरेको छ, केही समयअघि ।

त्यसैले चालु आर्थिक वर्ष (०८१/८२) को बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आर्थिक वर्ष (विसं ०८१-८२) मा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य जुन लिएका थिए, नेपाल सरकारको सो लक्ष्य पूरा नहुने निश्चित नै छ । यसमा शंकाको नजरले हेर्नुपर्ने कुनै कारण अब नरहने भयो । हुन पनि हामी नेपालीहरु कामभन्दा कुरो गर्न अलि अघि नै छौं, छिटो पनि छौं । त्यसैले बजेट भाषण सकिए लगत्तै विभागीय मन्त्री अर्थात् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष (विसं २०८१ मा) १६ लाख विदेशी पर्यटक भित्र्याउनका लागि भनी सरकारले काम गरिरहेको बताउनु भएको थियो । हेरौं, सरकारले आर्थिक २०८१-०८२ मा (विसं २०८१) मा १६ लाख विदेशी पर्यटकको संख्या पुर्याउन क त्यस्तो जादुमयी काम गर्दैछ ? के सरकारले तुरुन्तै अन्र्तारिष्ट्रय हवाई सेवा थप्न लागेको छ ? मानौं, नेपाल सरकारले कुनै त्यस्तो जादुमयी काम गर्न आँटेको छ, जुन कामका कारण अबको ९ महिनामा सजिलैसँग साढे १३ लाख हाराहारी विदेशी पर्यटकहरु नेपाल आउने छन् । तर नेपाल सरकारले पक्कै पनि त्यस्तो काम गरिरहेको त होइन होला, छैन होला ?! तथापि पनि नेपाल सरकारले आर्थिक वर्ष २०८१-०८२ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने सो लक्ष्य पूरा गर्नका लागि के गर्दा सफल होला त ? छोटो चर्चा गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार