
कुरो गत वर्ष अर्थात् सन् २०२३ अक्टोर महिनाको हो । त्यो वेला बीबीसी नेपाली सेवाको अनलाइन संस्करणमा एक समाचार प्रकाशित-अपलोड भएको थियो । सो समाचारमा नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउनका लागि चीनको राजधानी बेइजिङमा ‘नेपाल भ्रमण वर्ष-२०२५’ आयोजना गरिने । त्यो वेला समाचारमा उल्लेख गरिएअनुसार नेपालमा चिनियाँ पर्यटक बढाउनका लागि सन् २०२५ मा चीनको राजधानी सहर बेइजिङमा ‘नेपाल भ्रमण वर्ष-२०२५’ आयोजना गरिने छ ।
यस्तो समाचार फेरि दोहोरिएर केही समयअघि नेपालका विभिन्न सञ्चारमाध्यमहरुमा जस्तै अनलाइन, प्रिन्ट (दैनिक तथा साप्ताहिक पत्रपत्रिका), एफएम रेडियो, टेलिभिजन, यु ट्युब, ब्लग आदिमा प्रशारण-अपलोड-प्रकाशित भएको थियो । खागरिकन चीनका उप विदेशमन्त्री सुन वेइतोङको नेपाल भ्रमणपछि सो समाचार पुनः व्यापक रुपमा प्रशारण-अपलोड-प्रकाशित भयो । नेपालका तत्कालीन प्रधानमन्त्री (अहिले पूर्व हुन लागेका !) प्रचण्डले सन् २०२३ को सेप्टेम्बर महिनामा औपचारिक रुपमा चीनको भ्रमण गरेको वेला दुई देशको सरकारी स्तरमा तय भएको कार्यक्रम रहेको थियो ‘नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउनका लागि चीनको राजधानी सहर बेइजिङमा ‘नेपाल भ्रमण वर्ष-२०२५’ आयोजना गरिने’ कार्यक्रम । जुन कुरो प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा रहँदा दुई देशको सरकारी अधिकारीहरुले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा पनि जनाईएको थियो ।
यसरी चीनका उप विदेशमन्त्री सुन वेइतोङ हालै नेपाल भ्रमण गर्न आएको मौकामा पुनः ‘नेपालमा चिनियाँ पर्यटकहरुको संख्या बढाउनका लागि चीनको राजधानी सहर बेइजिङमा ‘नेपाल भ्रमण वर्ष-२०२५’ आयोजना गरिने’ कार्यक्रमलाई मूर्त रुप दिईएको छ । स्मरणीय छ, चीनका उप विदेशमन्त्री सुन वेइतोङ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसर हुने औपचारिक कार्यक्रममा भाग लिने क्रममा नेपाल भ्रमणमा आउनु भएको थियो । सो भ्रमणको अवसरमा नेपालको पर्यटन प्रवद्र्धन गर्न र धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ चीन सरकारले आप्mनो देशमा ‘भिजिट नेपाल-२०२५’ मनाउने निणर्य गरिएको पुनः दोहोर्याउनु भएको छ । आप्mनो भनाइ राख्ने क्रममा चीनका उप विदेशमन्त्री सुन वेईतोङले नेपालको आर्थिक तथा सामाजिक विकास गर्नका लागि चीन सरकारले निरन्तर रुपमा सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो ।
खासमा भन्नु पर्दाखेरि चीनबाट कोरोना (कोभिड-१९) महामारीपछि चीनबाट नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकको संख्या अपेक्षा गरेभन्दा धेरै कम संख्यामा आई रहेका छन् । खास गरिकन सन् २०२३ को सुरुमै दुई चरणमा चीन सरकारले आप्mना देशका नागरिकहरुलाई पर्यटक भई विदेश भ्रमणमा जाने अनुमति दिएपछि नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकहरुको संख्या सजिलै एक लाख १०-१२ हजार पुग्ने आशा गरिएको भए तापनि सन् २०२३ चीनबाट केवल ६० हजार चिनियाँ पर्यटकहरु मात्रै नेपाल भ्रमण गर्न आएका थिए । चालु वर्ष सन् २०२४ मा पनि सन् २०२४ को को ६ महिना पुग्दा बल्ल ५४ हजार चानचुन चिनियाँ पर्यटकहरुको पुगेको छ ।
त्यसो त चीन सरकारले सन् २००३ मा बल्ल आप्mना देशका नागरिकहरुलाई नेपालमा पर्यटक भई भ्रमण गर्नका लागि अनुमति दिन थालेको हो भने, सन् २०१३ देखि मात्रै चिनियाँ पर्यटकको संख्याले एक लाख नाघ्न थालेको थियो । त्यस्तै गरेर सन् २०१९ मा सबैभन्दा धेरै संख्यामा अर्थात एक लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमण गर्न आएका थिए । तर सन् २०१९ को डिसेम्बर अन्तिममतिर विश्वभरि महामारीका रुपमा पैmलिएको कोभिड-१९ पछि चाहिँ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा चिनियाँ पर्यटकको संख्या अकस्मात तेस्रो, चौथो, पाँचौं, छैठौं स्थानमा झर्यो । सन् २०२३ मा चाहिँ केही बढेको अवस्थामा आएको छ ।
त्यसैले यो पंक्तिकारको विचारमा चाहिँ हामीले आगामी दिनमा चिनियाँ पर्यटक धेरै भन्दा धेरै नेपालमा भित्र्याउनका लागि चीन सरकारले गर्न लागेको ‘नेपाल भ्रमण वर्ष-२०२५’ का साथसाथै चीनको ठूलो र धेरै जनसंख्या बसोवास गर्ने सहरहरु साङघाई, बेईझिङ, शेनजेन, ग्वाङझो, चेङदु, तियानजी, वुहान, दोङगुवान, शियान, हाङझाउ, फोसान, नानझिङ, शेन्यान, झेङझोउ, क्विनदाओ, शुझोउ, जिनान, चाङसा, कुनमिङ, हार्बिन, शिझियाझुवाङ, हेफेई, दालिन, हाङचुन, ताईयुयान, गर्ययाङ, वुसी, उरुम्की, झोङशान, हान्तोउ, निङबो, फुजोउ, नानचाङ, चाङझोउ, आनझोउ, नानतोङ, हुईझोउ, वेनझोउ, जिबो, ताङशान लगायत लगभग ५० वटा सरहहरुमा चीन-नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । ती ५० वटा सहरहरुमध्ये ७ वटा (साङघाई, बेईझिङ, शेनजेन, ग्वाङझो, चेङदु, तियानजी, वुहान) सहरहरुमा मात्रै १० करोडभन्दा बढी जनसंख्या बसोवास गर्छन् । त्यसैले हामीले चिनियाँ एयरलाईन्सहरु एयर चाइना, साउथ चाइना एयरलाईन्स, चाइना इस्टर्न, हाइनान एयर, शाङघाई एयर, शेनजेन एयर, सिचुआन एयर, सियामेन एयर जुनेयावो एयर, नाइन एयर, बेईझिङ एयर, चाइना युनाइटेड एयर, जियाङसी एयर, लक्की एयरलाइन्स, स्प्रिङ एयर आदिले जति सक्दो धेरै र उडान र धेरै सहरहरुमा सेवासञ्चालन गर्नुपर्ने देखिन्छ । साथै नेपालका एयरलाईन्सहरु नेपाल वायु सेवा निगम (नेवानी), हिमालय एयरलाईन्स, बुद्ध एयर, यती एयरलाईन्स, बीबी एयर, सौर्य एयर, श्री एयरलाईन्स आदिले पनि नेपालबाट चीनका ठूला र धेरै जनसंख्या वसोबास गर्ने सहरतर्पm कम्तिमा हप्ताको १४-१५ देखि १९-२० उडान गराउन सके राम्रो हुने देखिन्छ । त्यसका छिट्टै पहल गर्नुपर्ने देखिन्छ । अझ संभव भएदेखि हप्तामै ३२-३४ उडान गर्न सके झनै राम्रो हुन्छ ।
गएको चार वर्ष सन् २०२०, २०२१, २०२२ र २०२३ मा बाहेक चालु वर्षमा दोस्रो स्थानमा चीनका नागरिकहरु नै नेपालको भ्रमण गर्न आउने विदेशी पर्यटकको स्थान दोस्रोमा स्थानमा पुग्ने छन् । हुन पनि सन् २०२३ मा ६० हजार चानचुन चिनियाँ पर्यटकहरुले नेपालको भ्रमण गरेका छन् । जे होस्, तल सन् २०२३ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या अर्थात् तथ्यांक उल्लेख गरिएको छ ।
जनवरी महिनामाः एक हजार ४३६ जना । फेब्रुअरी महिनामाः दुइ हजार २६६ जना । मार्च महिनामाः दुइ हजार ६३५ जना । अप्रिल महिनामाः चार हजार ७७० जना । मे महिनामाः चार हजार ६६७ जना । जुन महिनामाः चार ३४२ जना । जुलाई महिनामाः पाँच हजार ५९३ जना । अगस्ट महिनामाः पाँच हजार २७ जना । सेप्टेम्बर महिनामाः आठ हजार १७४ जना । अक्टोबर महिनामाः छ हजार ८८० जना, नोभेम्बर महिनामा सात हजार ६०१ जना । र डिसेम्बर मा ७ हजार ३७० जना । यसरी हेर्दा सन् २०२३ मा ६० हजार चानचुन चिनियाँ पर्यटकहरुले नेपालको भ्रमण गरेको तथ्यांक रहेको छ भनी माथि नै उल्लेख गरिसकिएको छ । चालु आर्थिक वर्षमा पनि चिनियाँ पर्यटकको संख्या ६५-७० देखि ७८-८० हजारभन्दा बढी नपुग्ने अनुमान गर्न सकिन्छ । तापनि सन् २०२५ मा चीन सरकारले नेपालको पर्यटन प्रवद्र्धन गर्न भनेर सन् २०२५ मा ‘नेपाल पर्यटन वर्ष-२०२५’ मनाउने घोषणा गरसकेको छ, त्यसलाई नेपाल सरकार, नेपाली पर्यटन व्यवसायी अनि चीन सरकार एवम् चिनियाँ पर्यटन व्यवसायीहरुले मिलेर भव्यताका सामथ सmुपल पार्न अहिलेदेखि नै लागी परौं ।





















































