नेपाली हिमालका विदेशी नाम र स्वीटजरल्यान्डमा ‘गोर्खा चुली’ 

  निनाम लोवात्ती
35 Shares

हो, हाम्रो देश नेपालका केही हिमालका नाम विदेशी भाषामा रहेका छन् । अझ नेपाली हिमालका विदेशी भाषा रहेका नामहरुका सम्बन्धमा कुरो गर्दा धेरै जसो हिमालका नाम अंग्रेजी भाषामा रहेको देखिन्छ । अंग्रेजी भाषाबाहेक फ्रेन्च, जापानीज, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि केही नेपाली हिमालका नाम रहेका छन् । साथै नेपालकै हिन्दु देवी, देउता, माना, पाथी, फूल, चरा, प्रसिद्ध व्यक्तिका नामले पनि सदियौंदेखि स्थानीय आदिवासी जनजातिका भाषा रहेका हिमालका नामहरु विस्थापित भए तीब्र गतिमा परिवर्तित भएको/फेरिएको देखिन्छ ।

जस्तो समुन्द्र सतहदेखि नाप्दा हालसम्म विश्वकै अग्लो मानिएको शिखर -‘सगरमाथा’ कै उदाहरण लिऊँ । उक्त हिम शिखरलाई आदि-अनादि कालदेखि उक्त हिम शिखरको वरिपरि बस्दै आएका दक्षिणतर्पmका आदिवासीहरु जस्तै कुलुङ, शेर्पा, तामाङलगायत र उत्तरतर्पm (तिब्बती) आदिवासीहरुले ‘चोमोलुङमा’ भन्थे/भन्छन् । तर, त्यो वेला आजको जस्तो सुूचना र सञ्चारको जगजगी भएको जमाना थिएन । त्यसैले जति प्रचारप्रसार हुनुपर्ने हो, त्यति प्रचारप्रसार भएन । यसरी आदि-अनादि कालदेखि स्थानीयस्तरमा अबस्दै आएका आदिवासी भए तापनि कुलुङलगायत अन्य किराती जाति र शेर्पा, तामाङलगायतले आप्mनै घर-आँगन ! मा रहेको विश्वकै अग्लो हिमाललगायत अन्य महत्वपूणर् प्राकृतिक निधि र ऐतिहासक धरोहरबारे चासो राखेनन् ।

माथि एक प्रसंगा भनिएझैँ विगत लामो समयदेखि स्थानीयस्तरमा बस्दै आएका कुलुङ, शेर्पा लगायत आदिवासीहरुले आप्mनो वरिपरि वा भनौं घर-आँगनमा रहेको हिमाल र स्थान नामहरुको नामका सम्बन्धमा पनि खासै चासो लिएनन् । बरु केही दिन वा केही महिनाका लागि हिमालमा घुम्न, हिमाल हेर्न, हिमालबारे खोज-अनुसन्धान गर्न आएका र, सके चढेरै जानका लागि योजना बनाएर आएका नव आगन्तुक (विदेशी पर्यटक!) ले स्थानीय हिमाल, डाँडाकाँडा, ठाऊँ आदिको नाम पनि आपूmले बुभ्mने/आप्mनै भाषा राखे । त्यसो गर्न नसके कम्तिमा आप्mनोदेशका प्रसिद्ध/महत्वपूणर् मान्छेहरुको नाममा नयाँ नाम राखे/राख्ने प्रयास गरे । त्यसो गर्दा पनि परापूर्व कालदेखि स्थानीयस्तरमा वसदै आएका आदिवासीहरुले वास्ता गरेनन् । त्यसको परिणाम स्वरुप आज आप्mनै वरिपरि रहेका र आप्mनै मातृभाषामा आदि-अनादि कालदेखि पुकार्दै आएको महत्वपूणर् र राष्ट्रियस्तरका प्राकृतिक सम्पदाहरु जस्तै हिमाल, डाँडापाखा, गाउँघर, खोलानाला, वनजंगललगायत स्थानहरुको स्थानका नामहरु अरुको भाषामा सुन्नु परेको सुननु परेको मात्रै होइन, टुटलु हेरेर बस्नु परेको छ । त्यही पराई भाषाको नामलाई नै अपनत्व/आप्mनो ठान्नुपर्ने ! वाध्यता पनि आई लागेको/आई परेको अवस्था छ । फलतः आजभोलि ‘चोमोलुङमा’ हिमाललाई ‘चोमोलुङमा’ नामले होइन, ‘सगरमाथा’ वा ‘एभरेस्ट’ नामले बढी चिनिन्छ !

हुन त माथि नै पनि एक प्रसंगमा भनियो कि, नेपाली हिमालका नामहरु अंग्रेजी भाषाबाहेक, फ्रेन्च, जापानीज, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि रहेका छन् । यहाँ केही त्यस्ता उदाहरणहरु दिइएको छ । नेपालको पूर्वी भेगमा रहेको कञ्चनजंघा क्षेत्रमा रहेको ‘किरात चुली’लाई आजभोलि ‘टेन्ट पिक’ भन्ने गरिन्छ । कञ्चनजंघा हिमाललाई स्थानीय आदिवासी लिम्बुले आप्mनो मातृभाषामा ‘सेन्छेलुङ/सेवालुङ’ भन्छन् । त्यस्तै नेपाली भाषामा कुम्भकणर् भनिने हिमाललाई लिम्बु जातिले ‘फक्ताङलुङ’ भन्छन् । स्मरणीय छ, यो हिमाललाई लिम्बु किरातीले आप्mनो आराध्यदेवको रुपमा पनि पुज्ने/मान्ने गर्छन् । तर, अधिकांश विदेशीहरुले भने उक्त हिमाललाई ‘फक्ताङलुङ’ वा ‘कुम्भकणर्’ नामले भन्दा ‘जान्नु हिमाल’ भनेर चिन्ने गरेका छन् ।

त्यस्तै मकालु हिमाललाई कुलुङ जातिले ‘सेसेलुङ’ भनी पुकार्छन् । सगरमाथा क्षेत्रमा पनि केही हिमालको नाम विदेशी भाषामा रहेका छन । जस्तो कि, आईल्यान्ड पिक, पिक-२९ आदि । उता लाङटाङ र अन्नपूणर् हिमाली क्षेत्रमा पनि विदेशी भाषामा नाम रहेको हिमाल रहेका छन् । लाङटाङमा एउटा हिमालको नाम जापानीज पर्वतारोही मोरीमोतोको नाममा ‘मोरीमोतो’ राखिएको छ भने, अर्को उर्कीमाको नाम स्काउटका जन्मदाता बाडेल पावेलको नाममा ‘बाडेल पावेल’ राखिएको छ । त्यस्तै अन्नपूणर् हिमालमा टेन्ट पिक, फ्ल्युटेड पिक, डोम ब्लँ, फिसटेल, बराह शिखर, बुद्ध हिमाल नामका हिमाल छन् । उता गणेश हिमाल क्षेत्रमा पनि पावेल/पाविल नाम दिईएको अर्को एक हिमाल छ भने, धौलागिरी हिम श्रृङ्खलामा मानापाथी, पुतली, धाम्पुस, थापा पिक आदि नाम भएका हिमाल छन् । त्यस्तै मनाङ जिल्ला (पेरी हिम श्रृङखला) मा ‘रत्नचुली’ नामको हिमाल छ । रत्नचुली स्वर्गीय रानी रत्नको नाममा नेपाल प्रहरीको टोलीले सर्वप्रथम आरोहण गर्न गएपछि राखेको हो भन्ने भनाइ रहेको छ ।
अनि स्वीटजरल्यान्डमा गोर्खा चुली !

माथि केही नेपाली हिमालका विदेशी नामहरुका सम्बन्धमा छोटो जानकारी दिइयो । अब नेपालमा मात्रै विदेशी भाषामा नाम रहेका हिमाल छन्, विदेशमा चाहिँ नेपाली जाति र नेपाली भाषामा रहेका विदेशी हिमालचाहिँ छँदै छैनन् त ? यसबारेमा केही चर्चा गरौं । किनभने, शीर्षक नै स्वीट्जरल्यान्डमा ‘गोर्खाचुली’ राखिएको जो छ । हुन पनि पहिलो र दोस्रो विश्व युद्धमा बेलायती पक्षबाट लड्दा विभिन्न युद्ध मोर्चामा नेपालीहरुले खास गरी मगर, गुरुङ, लिम्बु, आठपहरिया, याक्खा, बान्तावा, कुलुङ, बाहिङ, जेरो (यिनीहरुलाई हाल राई ! भन्ने गरिन्छ/राई ! भनेर चिनिन्छ) लगायत किरातीहरुले देखाएको निडरता एवम् बहादुरीले गर्दा विश्वभरि नै ‘नेपाली भन्ने बित्तिकै गोर्खाली र गोर्खाली भन्ने बित्तिकै नेपाली’ भन्ने पहिचान बन्यो । तर, अहिले आएर ‘गुर्खा’ वा ‘गोर्खा’भन्नाले मगर, गुरुङ, लिम्बु, याक्खा, आठपहरिया, बान्तावा, कुलुङ, बाहिङ, जेरोलगायत आदिवासी जनजातिहरुलाई मात्रै नभएर बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, नेवारलगायत समग्र नेपालीलाई नै चिन्ने गरिन्छ अथवा भनौं चिानाउने गरेको छ ।

सन् १९१४-१६ मा भएको पहिलो विश्व युद्धभन्दा २० वर्ष र सन् १९४१-४५ मा भएको दोस्रो विश्व युद्धभन्दा लगभग ४४ वर्ष पहिले नै अर्थात् सन् १८९४ मा नेपालका कुनै पनि हिमाल विदेशीले नचढ्दै नेपालका करवीर बुढाथोकी र हर्कवीर थापाले आल्पस पर्वतमालाको एक हजार माइल चाहारेर स्वीट्जरल्यान्डमा पर्ने एक चुली चढेका थिए । सो चुलीको नाम ‘गोर्खाचुली’ ९एष्श न्गचपजब० भएको थियो भनी डाक्टर हर्क गुरुङले सर विलियम कनवेको ‘द आल्पस् फ्रम एन्ड टु एन्ड’लाई उद्घृत गर्दै ‘विषय विविध’ नामक किताबको पाना नं. ६२ मा लेखेका छन् । यसरी हेर्दा नेपाली जाति वा ट्रेड मार्क ‘गोर्खा’को नाममा स्वीटजरल्यान्ड (विदेश) मा एक हिमालको नाम ‘गोर्खाचुली’ ९एष्श न्गचपजब० रहेको ज्ञात हुन्छ । यसरी डाक्टर हर्कं गुरुङले भैंm अध्ययन-अनुसन्धान गर्दै र खोज्दै जाने हो भने अरु नेपाली वीर-वीरंंगनाहरुका नाममा पनि नेपालबाहेकका देशका हिमालका साथै डाँडाकाँडा, खोलानाला, वनजंगल र, स्थानका नामहरु राखिएको अथवा रहेको हुन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार