विश्वका १४ अग्ला हिमालको वर्णन : कसले पहिले र कहिले चढे

  निनाम लोवात्ती
28 Shares

नेपालमा अहिले पर्यटनको सिजन सुरु भएको छ । अझ हिमाल आरोहणका लागि नेपालमा यो सिजनलाई उत्तम मान्ने गरिनछ । हिमाल आरोहणको कुरो गर्दाखेरि हाल विश्वमा मान्यता प्राप्त आठहजार मिटरभन्दा अग्ला हिमाल १४ वटा रहेका छन् । त्यसो त विगत लामो समयदेखि आठ हजार मिटरभन्दा अग्ला हिमाल अरु ६ वटा थपिने भनी छलफल र बहस हुँदै आएको छ । भविश्यमा थपिने विश्वका आठहजार मिटरभन्दा माथिका ती ६ वटा हिमाल सौभाग्यवश नेपाल सरहदभित्र रहेका छन् ।
अब लागौं, विश्वकै अग्ला (आठ हजारभन्दा माथिका) १४ वटा हिम चुचुराहरु कुन देशमा वा कहाँ छन् ?, ती हिमाल कसले पहिले चढे ? कहिले चढे ? ती हिमाल पहिलो पटक चढ्ने पर्वतारोहीहरु कुन-कुन देशका थिए ? आदिबारे यहाँ छोटोमा चर्चा गरिने छ । विश्वका ती आठहजार मिटरभन्दा माथिका सबै अर्थात् १४ वटै हिम चुचुराहरु एसिया महादेशको हिमालय पर्वतमालाको पश्चिम-पूर्व फैलिएको छ । त्यसमध्ये पनि हिमालयको एक तिहाई भाग नेपालमा पर्छ, जुन कुरो हामी नेपालीहरुका लाग गर्व गनृ लायक हो । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाई भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको आठहजार मिटरमध्ये कम उचाईको हिमाल सिसापाङ्मा (उचाई ८,०१३ मिटर भएको) सम्म रहेका छन् ।

विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८,८४८.८६ सेन्टी मिटर) हो भने, यो हिमालको आरोहण सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक भएको थियो । त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम-२ (के-टु) हो । यो हिमालको उचाई ८,६११ मिटर हो भने, यो ििहमाल पास्तिानमा पर्छ । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालीयन आरोहीद्धय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा रहेको छ । यसको उचाई ८,५८६ मिटर हो । यो हिमाललाई बेलायका पर्वतारोहीहरु जर्ज ब्यान्ड र जो ब्राउनले सन् १९५५ मे २५ का दिन पहिलोपटक चढेका थिए । विश्वको चौथो अग्लो हिमालचाहिँ ल्होत्से हो । यसको उचाई ८,५१६ मिटर रहेको छ । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीटजरल्यान्डका पर्वतारोहीहरु फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाई ८,४६३ मिटर रहेको छ भने सन् १९५५ मे १५ मा जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बु लगायतको एक जन्ती टोलीले नै चढेका थिए ।
त्यस्तै विश्वको छैठौं अग्लो हिमाल चो-ओयु हो । यसको उचाई ८,२०१ मिटर रहेको छ भने, सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्धय हर्बर्ट टिची र सेप जेक्लर र नेपाली पासाङ दावा (लामा) शेर्पाले पहिलोपटक सफलता पूर्वक आरोहण गरेका थिए ।

विश्वको सातौं अग्लो हिमाल धौलागिरी हिमाल हो । यसको उचाई ८,१६७ मिटर रहेको छ भने, सन् १९६० मे १३ का दिन स्वीटजरल्यान्डका पर्वतारोहीहरु कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्धय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो भने, यो हिमालको उचाई ८,१६३ मिटर रहेको छ । मनास्लु हिमालको पहिलो सफल आरोहण सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । एवम् रीतले विश्वको नवौं अग्लो हिमाल नांगा पर्वत हो । यो हिमालको उचाई ८,१२६ मिटर रहेको छ भने, यो हिमाल पाकिस्तानमा रहेको छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलोपटक सफलता पूर्वक चढेका थिए ।
त्यस्तै विश्वको १० औं अग्लो हिमाल अन्नपूणर्-१ (प्रथम) हो । साथै पर्वतारोहणको इतिहासमा सफलता पूर्वक पहिलोपटक चुचुरोमा पुग्न सफल भएको हिमाल पनि यही नै हो । विश्वको १० औं स्थानमा आउने हिमाल भए तापनि यो हिमालको आप्mनै प्रकारको महत्व रहेको छ । यो हिमाल नेपालको अन्नपूणर् हिम श्रृङ्खलामा रहेको छ भने, यसको उचाई ८,०९१ मिटर रहेको छ । सर्व प्रथम सफलता पूर्वक आरोहण फ्रान्सका पर्वतारोहीद्धय माउरिस हर्जोग र लुइस लाचेनलले गरेका हुन् । उनीहरुले सन् १९५० जुन ३ मा पहिलोपटक आरोहण गरेका थिए ।

एवम् प्रकारले विश्वको ११ औं अग्लो हिमाल गासेरब्रुम-१ हो । यो हिमाल पनि पाकिस्तानमा रहेको छ । यसको उचाई ८,०८१ मिटर रहेको छ भने यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्धय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए । विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक हो । यो हिमाल पनि पाकिस्तानमै रहेको छ भने यसको उचाई ८,०५१ मिटर हो । यस हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो वेला अस्ट्रियन पर्वतारोहीहरु फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३ औं अग्लो हिमालचाहिँ गासेरब्रुम-२ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाई ८,०३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले सफलतापूर्वक चढेका थिए । विश्वको १४ औं र, हालसम्मको आठहजार मिटरको अन्तिम अग्लो हिमाल हो ‘-सिसापाङमा ।’ यो हिमालको उचाई ८,०२७ मिटर रहेको छ । यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमामा रहेको छ । नापजाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ भन्ने भनाइ रहेको छ । साथै यो हिमालको नेपाली (खस/पर्वते) भाषामा रहेको नाम गोसाईँनाथ हो । तर, चीन सरकारले आप्mनो देशमा विश्वको अग्लो हिमाल चोमोलुङमा (सगरमाथा) नपर्ने भएपछि (पानी-ढलोको आधारमा विश्वकै अग्लो हिमाल चोमोलुङमा अर्थात् सगरमाथा नेपालमा पर्छ/परेको हो । भलै सुरुमा दुवै देश (चीन-नेपाल) ले आ-आप्mनो भनी दावी छाडेका थिएनन् । विश्वकै अग्लो हिमाल नेपालमा परेपछि ‘सिसापाङमा’ चीनमा पर्ने गरी राजनीतिक रुपमा कुराकानी गरेर सहमति भएको मानिन्छ । यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरुको जम्बो टोलीले सफलतापूर्वक आरोहण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार