इलाममा फागुन २ देखि महिला गोल्डकप

  नयाँ बुलन्द
315 Shares

इलाम : आगामी फागुन २ देखि ७ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक ओएसिस क्लब इलामले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाखसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतियोगितामा रेफ्रीका रुपमा पनि महिला नै रहने क्लब अध्यक्ष च्याङ मुखियाले बताए । आठवटा टिमलाई सहभागी गराइने प्रतियोगितामा कुन कुन टिम सहभागी हुने भन्ने टुंगो लाग्न बाँकी छ ।

प्रतियगिताअन्तर्गतका खेलहरु दर्शकले निःशुल्क हेर्न पाउने छन् ।

सोही स्थानमा माघ ६ देखि १३ सम्म इलाम गोल्डकप सम्पन्न भएको थियो । यस्तै, माइभ्याली फुटबल क्लबले आउँदो फागुन १० देखि १९ सम्म पालिकास्तरीय उपमेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार