खलंगाटारमा लिम्बू भाषा कक्षा ११ र १२ सुरु भयो

पाँचथर : पाँचथरको खलंगाटार माविमा यस शैक्षिकशत्रबाट लिम्बू भाषाको कक्षा ११ र १२ सञ्चाकन हुने भएको छ ।

फिदिम नगरपालिका वडा नं १० अध्यक्ष तथा खलंगाटार माविका अध्यक्ष बिना थाम्सुहाङ्को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

हाल सम्म उक्त बिध्यालयमा कक्षा १ देखी ८ कक्षा सम्म अध्यन अध्यापन भइरहेको छ । कक्षा ११ र १२ को लागी शिक्षक श्यामबहादुर जबेगु र बिबि थाम्सुहाङ (सुगम)लाइ तोकिएको छ ।

लिम्बू भाषा उच्च शिक्षा बोर्डमा यसको सम्बन्धनको लागी प्रक्रिया अघि बडिरहेको शिक्षक अभिभावक संघका अध्यक्ष सागर केरुङ्ले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार