एकसय अस्सी कैदीबन्दीलाई निशुल्क स्वास्थ्य शिविर

  नयाँ बुलन्द
14 Shares

इलाम : कारागार कार्यालय इलामका एक सय अस्सी जना कैदीबन्दीले निशुल्क उपचार पाएका छन् । दश जना महिला र एकसय सत्तरी जना पुरुष कैदीबन्दीले जनरल फिजिसियन, डेण्टल सर्जन र आँखाको चिकित्सकबाट उपचार पाएका हुन् ।

कारागार कार्यालय इलामको आयोजनामा सम्पन्न कार्यक्रममा डाक्टर जय श्रेष्ठ, डाक्टर सुरेन्द्र भाट र अप्टोमेट्रिष्ट अन्जना चौहान सहित १० जना मेडिकल टिमले विरामीहरुको उपचार गरेका थिए ।

आदर्श फार्मेसी पोलिक्लिनिक, इलाम चस्मा घर र माईपोखरी डेण्टलको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उद्घाटन कार्यक्रमको प्रमुख आतिथि तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कैदीबन्दीको स्वस्थ्य हुन पाउने अधिकारको सम्मान गर्दै सामुदायिक स्वास्थ्य संस्थासँगको समन्वयमा कारागार प्रशासनले कार्यक्रमको आयोजना गरेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार