सिद्धेश्वरी माविको ६० औं वार्षिकोत्सव सम्पन्न, ऐच्छिक विषयमा थप कोरियन भाषा पढाउने योजना

उत्सवका अवसरमा  ७० जना विभिन्न व्यक्तित्वलाई सम्मान

  युद्धबहादुर बोहोरा
532 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिका ४ नम्बर वडाको चिलिङदिनस्थित सिद्धेश्वरी माद्यमिक विद्यालय (१-१२) ले ६० औं वार्षिकोत्सव मनाएको छ । उत्सव कार्यक्रममा प्रधानध्यापक नर प्रसाद नेम्बाङले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्वागत मन्तव्य राखेका थिए । उक्त प्रतिवेदनमा आगामी वर्षमा ऐच्छिक विषयमा थप कोरियन भाषा पढाउने योजना रहेको प्रअ नेम्बाङले जानकारी गराए ।

२०२१ सालमा स्थापना भएको चिलिङदिनकै सबैभन्दा जेठो विद्यालयले वार्षिक उत्सव मनाएसंगै यस अवसरमा ७० जना विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । उनीहरुलाई प्रमुख अतिथि कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगु,विशिष्ट अतिथि पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं पाँचथर प्रदेशसभा ख सांसद इन्द्रबहादुर आङ्वो (मौसम),फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे र उपाध्यक्ष ठाकुरसिं नेम्बाङले दोसल्ला,कदरपत्रसहित सम्मान गरेका थिए ।

वार्षिक उत्सव मनाउन हाल कोरियामा कार्यरत यस क्षेत्रका युवाहरुले दुई लाख रुपैंया सहयोग गरेका छन् । साथै स्थानीयबासी र शुभचिन्तकले आर्थिक सहयोग गरेकोमा विद्यालय परिवारले सहयोगको उच्च सम्मान साथ उनीहरुको सकारात्मक कार्यको प्रशंसा  गरेका छन् ।  सहयोग गर्ने महानुभावलाई धन्यवाद ज्ञापन गर्दै हरेक समयमा सबैको सहयोगको अपेक्षा गरिएको प्रधानध्यापक नेम्बाङले जनाए ।

यसैबीच,स्थानीय शिक्षक तथा समाजसेवी माक्सेम नेम्बाङ र खेम बहादु नेम्बाङले आफ्ना स्व. बुबाआमाका नाममा स्थापित ‘कुल धन’  अक्षयकोषको रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

विद्यालयको मातहतमा  करीब ६ रोपनी क्षेत्रफल जमीन छ  । अन्य ६ रोपनी जमीन चिलिङदिन गाउँ पञ्चायतका नाममै रहेको र विद्यालयका नामना नामसारी हुन नसकेको जनाइएको छ ।  खानेपानी,शौचालय,विद्यालय घेराबारा सामान्य भएता पनि  पुराना भौतिक पुर्वाधार रहेका केही भवन पुनः निर्माण गर्नु पर्ने आवश्यकता रहेको जनाइएको छ । हाल विद्यालयमा दुई सय जना विद्यार्थी,१३ जना शिक्षक र दुई जना कर्मचारी रहेका छन् ।

यसैगरी,गायक आइन्द्र नेम्वाङ,पालाम गायिका गीता नेम्वाङ तथा नाट्य रंगकर्मी भरत गुरागाईसमेतको उपस्थितिमा साँगितिक र मनोरन्जनात्मक कार्यक्रम भएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र वीर नेम्बाङको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रम शिक्षक मन कुमार ढुंगानाले कार्यक्रम संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार