विद्यार्थीलाई कपडा वितरण गरेर मनाइन् परिश्मा सिवाले जन्मोत्सव

  युद्धबहादुर बोहोरा
742 Shares

 

पाँचथरः फाल्गुनन्द गाउँपालिकाको ४ नम्बर वडास्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्ममा सबै विद्यार्थीलाई स्कुल स्वेटर वितरण गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक सृजना खेवा र उनका पति हाल दक्षिण कोरियामा रहेका उदिप सिवाले आफ्नो छोरी परिश्मा सिवाको सातौं जन्मदिनको अवसर पारेर विद्यालयमा बालबालिकालाई स्कुल स्वेटर वितरण गरेका छन् । २०७४ साल चैत्र १२ गतेका दिन जन्मिएकी सिवा यसै विद्यालयमा २ कक्षामा अध्ययनरत छात्रा हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र कुमार नेम्वाङको प्रमुख आतिथ्यमा सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी लगनशिल, जेहन्दार तथा अनुशासित विद्यार्थीहरुलाई सिवा र उनकी आमा खेवाले कपडा हस्तान्तरण गरिएको विद्यालयका सहायक प्रधानध्यापक मनकुमार ढुंगानाले जानकारी दिए । कार्यक्रममा बोल्दै व्यवस्थापन समिति अध्यक्ष नेम्वाङले जन्मदिनमा केक काटेर, चकलेट बाँडेर,पार्टी खुवाएर फजुल खर्च गर्नु भन्दा यसरी जन्मोत्सवलाई सदुपयोग गर्दै सहयोग गर्नु प्रशंसा योग्य भएको बताउँदै जन्मोत्सवको शुभकामनासहित अभिभावकलाई धन्यवाद दिए । यस किसिमको सकारात्मक कार्यले विद्यार्थीलाई निरन्त विद्यालय आउन प्रोत्साहन साथै निम्न आर्थिक अवस्था भएका परिवारलाई राहत पुग्ने र बालबालिकालाई राम्रो प्रेरणा मिल्ने प्रधानध्यापक नरप्रसाद नेम्बाङले जन्मदिनको शुभकामना दिए ।  साथीको जन्मदिनका अवसरमा स्कुल स्वेटर पाएकोमा बालबालिकाहरू निकै हर्षित देखिन्थे ।

वडाको ज्यामिरेमा अवस्थित सवैभन्दा जेठो विद्यालयका पूर्व व्यवस्थापन समिति सदस्य समेत रहेका सिवा हाल कोरियामा रहेर आफुले पढेको विद्याललाई शैक्षिक उन्नतीका लागि साथ सहयोग गर्न पाउँदा खुशी भएको बताए । कक्षा १२ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयले गत महिना ६० औं स्थापना दिवस भव्यताका साथ मनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार