इलाममा १७ हजार बढी बालबालिकालाई दादुरा-रुबेला खोप लगाइँदै

 

इलाम : इलाममा आगामी फागुन फागुन २७ देखि चैत २ गतेसम्म दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरी खोप अभियान सञ्चालनको तयारी थालिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

इलाममा नौ महिनादेखि ५ वर्ष मुनिका १७ हजास सात सय २२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय इलामका कार्यालय प्रमुख आदित्य शाक्यले जानकारी दिए ।

खोप अभियानका लागि ९३ स्वास्थ्य संस्थामा चार सय २४ खोप केन्द्र तय गरिएको उजले बताए । त्यसका लागि तीन सय जना तालिमप्राप्त स्वास्थ्यकर्मी, आठ सय ४८ जना स्वयमसेवक र एक सय १३ जना आरसिएम परिचालन गरिने तय गरिएको उनले बताए ।

सरकारले २०२६ सम्म दादुरा-रुबेला निवारण गर्ने लक्ष्य लिएको खोप अभियानका फोकल पर्सन गंगाधर पण्डितले बताए । बालबालिकालाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा-रुबेला महामारीका रुपमा देखा पर्दै आएकाले लक्ष्य हासिल गर्न चुनौती भने अझै रहेको उनको भनाई छ ।

सरकारले देशभर दादुरा-रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिहरेको छ । दादुरा-रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पहिलो प्राथमिकतामा राखेर गत फागुन १३ देखि आगामी चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । दादुरा-रुबेला सबैभन्दा बढी सङ्क्रमण रोग भएको तथा यो रोग लागेका एक बिरामीले १८ जनासम्मलाई सार्न सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार