न्याय सम्पादन प्रभावकारी बनाउन उजुरी प्रकृया सिकाउँदै फाल्गुनन्द गाउँपालिका

  युद्धबहादुर बोहोरा
322 Shares

 

पाँचथरः नागरिकलाई सहज र सरल रुपमा न्यायमा पहुँच पुर्याउन उजुरी प्रकृया सही हुनु पर्नेमा फाल्गुनन्द गाउँपालिका न्यायिक समितिले जोड दिएको छ ।

कुनै पनि मानिसहरु बीच मतभेद नभई समस्या उत्पन्न हुँदैन र त्यसलाई कहाँ,कसरी र कुन प्रकृयाले न्याय खोज्ने हो ? यस बारेमा नागरिक अलमल्ल नपरुन् भन्ने उदेश्यले मेलमिलापकर्ता मार्फत नागरिकलाई उजुरी प्रकृया सिकाउँन प्रशिक्षण गराइएको पालिका न्यायिक समिति संयोजक ठाकुरसिं नेम्वाङले जानकारी दिए ।

मेलमिलाप केन्द्रलाई अभिलेख व्यवस्थापनसंगै न्याय सम्पादन प्रभावकारी बनाउन  न्यायिक समितिको आयोजनामा नेपाल बार एसोसिएसन जिल्ला बार इकाई पाँचथरले तालिमको सहजीकरण गरेको थियो । सबै वडाका मेलमिलाप कर्ताहरुको सहभागीतामा संचालन भएको दुई दिने प्रशिक्षण अधिवक्ता टिका तिम्सिनाले सहजीकरण गरेको न्यायिक समिति सदस्य सागर नेम्बाङले बताए ।। मेलमिलाप प्रकृयाबाट न्याय निरूपणमा स्थानीय तहका समस्या स्थानीय स्तरमै समाधान गर्न पहल गर्ने हेतुले नेपालको संविधानको धारा २१७ मा व्यवस्था भए अनसुारको क्षेत्राधिकारमा रहेर विभिन्न तालिम र प्रशिक्षण गराउँदै आएको न्यायिक समिति उजुरी प्रशासक थमराज जैसीले जानकारी दिए ।

बुधवार सम्पन्न भएको प्रशिक्षणमा न्यायिक समिति संयोजक नेम्वाङ,वडाध्यक्षद्वय दलबहादुर नेम्बाङ र विष्णु कुमार चेम्जोङले सहभागीहरुलाई सिकाई उपलब्धीमुलक रहोस् भन्दै शुभकामना दिए । सहभागीको तर्फबाट सृजना काफ्ले र डिगम्वीर नेम्बाङले सिकाईको अनुभव सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार