विद्यालयले व्यक्तिको जग्गा जबरजस्त कब्जा गरेपछि विवाद

  नयाँ बुलन्द
0 Shares

धनुषाको पूर्वपश्चिम राजमार्गमा छेउमा रहेको धनुषाधाम नगरपालिका–९ धारापानी मूलाबारी भिमानस्थत श्री मावि । विद्यालयको खेलमैदान व्याक्तिको जग्गा परेकोले जग्गाधनिले आफैले उपभोग गर्न खोजेपछि विवाद उत्पन्न भएको छ ।

धनुषा : बर्षौदेखि विद्यालयले भोगचलन गर्दै आएको खेलमैदान जग्गाधनिले आपैm उपभोग गर्ने भन्दै नापजाँच गरी सिमाङ्कन गरेपछि धनुषाको धारापानीस्थित जग्गा विवादले उग्र रुपमा लिएको छ । विद्यालयले दान पाएको भन्दै व्यक्तिको जग्गा जवरजस्त कब्जा गरी उपभोग गर्दै आएको जग्गा जग्गाधनिले आपैm उपभोग गर्न लागेपछि विवाह बढेको हो ।

धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानी मूलाबारी भिमानस्थित श्री माविले बर्षौदेखि खेलमैदान बनाएर उपभोग गर्दै आएको जग्गा जग्गाधनिले आफैले उपभोग गर्ने भन्दै बटेश्वर गाउ“पालिका–९ की पशुपति कुमारी लामाले सनिबार नापी कार्यालयवाट खटिएका सर्बेक्षकद्वारा नापजा“च गरी सिमास्तम्भ गाडन लगाएकी थिइन् । तर विद्यालय व्यावस्थापन समिति लगायत स्थानीयबासीले विद्यालय परिसरमा राखिएको सिमास्तम्भ उखेलेर फालेपछि विवादले तनाव उत्पन्न भएको छ । लामाले आप्mनो नाममा रहेको कित्ता नं ५८८ को ३ धुर, ५८९ को २ धुर, ५९० को २ धुर र ५९२ को ७ कठ्ठा २ धुर गरी सात कठ्ठा २ धुर जमिन उपभोग गर्ने अधिकार आप्mनै रहेकोले विद्यालयले सहज रुपमा छाडनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय, मालपोत र नापी कार्यालयमा निवेदन दिएकी छन् । जिल्ला प्रशासनले सुरक्षाको व्यावस्था गरी नापी कार्यालयलाई सर्बेक्षक खटाइ नापचा“ज गराउन निर्देशन दिएअनुसार सनिबार नापीका सर्बेक्षक राजेन्द्र प्रसाद साह र धिरेन्द्र ठाकुरसहितको टोलीले नापचा“ज गरी विद्यालयसित सिमाना छुटयाइदिएका थिए । नापी सर्बेक्षकले देखाइदिएको सिमानामा गाडिएको सिमास्तम्भ स्थानीयबासीले केहीवेरमा स्थानीयवासीले उखेलेर फालिदिए ।

विद्यालय मैदान जग्गाधनिले उपभोग गर्ने भएपछि आइतबार विद्यालयमा अध्यायनरत विद्यार्थीले विरोधमा प्रदर्शन गरे । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण मण्डलले आपूmलाई जानकारी नै नगराइ प्रहरी प्रशासनको आडमा विद्यालयको खेलमैदान नापजा“च गरिएको बताए । तर नापी कार्यालय विद्यालय, वडा कार्यालय र धनुषाधाम नगरपालिका लगायत सा“धसधियारलाई पत्र पठाएको नापी कार्यालय प्रमूख सत्रुघन यादवले बताए । जिल्ला प्रशासन कार्यालयले समेत संविधानमा व्याक्तिको सम्पति सुरक्षाको प्रत्याभूति दिएकाले नगरपालिकालाई आवश्यक समन्वय गरी जग्गाको खिचलो समाधान गर्न पटक पटक पत्रचार गरेको थियो । स्थानीय तहवाट समस्या समाधान नभएपछि नापी, मालपोत र प्रशासन गुहार्नु परेको जग्गाधनि पशुपतिकुमारी लामाले बताइन् ।

वि.सं २०२० सालमा स्थापित विद्यालयले २०३३ सालमा दान स्वरुप पाएको जमिन नछाडने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण मण्डलले बताए । उनले सोमबार जिल्ला प्रशासन कार्यालय, नापी कार्यालयको ध्यानाकर्षण गराएको बताए । तर प्रशासनले जग्गा खिचलो मिलाउने काम स्थानीय तहका जनप्रतिनिधिको भएकोले स्थानीय तहमै जान सुझाव दिएको मण्डलले जनाए । मण्डलले उक्त जग्गा लामाकै मावली हजुरबुबा करन बहादुर स्याग्बोले दान स्वरुप प्रदान गरेको भर्पाइ सुरक्षित रहेको बताए । उनका अनुसार करनबहादुर स्याग्बोले २०३३ साल कात्तिक १३ गते भर्पाई गरी कित्ता नं ६० को जमिन दान स्वरुप प्रदान गरेको कागज विद्यालयसित सुरक्षित छ । उक्त भर्पाइ कागजमा तत्कालिन संचालक समितिको तर्फवाट साक्षिको रुपमा छे दोर्जे लामा र विषबहादुर कार्कीको औंठाछाप छ । तर करनबहादुर स्याग्बो आप्mनो हजुरबुबा नभएको र जग्गा दान गरेको समेत थाहा नभएको जग्गाधनि पशुपति लामाले बताइन् । उक्त जग्गा दान प्राप्त गरेको दावी गरेपपिन विद्यालयसित लालपूर्जा छैन । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मण्डलले विद्यालयसित लालपूर्जा नहुनु कमजोरी रहेको बताए ।

पूर्वपश्चिम राजमार्गमा पर्ने तत्कालिन यज्ञभूमी गाविस–९ धारापानी मूलावारी भिमानका कर्णवीर स्याङ्बोले भोगचलन गर्दै आएको कित्ता नं ५८ मा १३ कठठा ८ धुर, कित्ता नं ५९ मा एक विघा २ कठठा १२ धुर जमिन २०२३ सालको नापीमा आप्mनो नाममा नापजाँच गराएका थिए । त्यसमध्येवाट छोरी स्यामकुमारी स्याङबोलाई कित्ता नं ५८८, ५८९, ५९० र ५९२ पास गरिदिएका थिए । उक्त जग्गा स्यामकुमारीले समेत छोरी पशुपतिकुमारी लामाको नाममा रजिष्ट्रेसन पास गरिदिएकी छिन् । जग्गाको लालपूर्जा लामासित रहेको र मालपोत रकम समेत बर्षेनी तिर्दे आएकाले बैधानिक रुपमा आप्mनो जग्गा विद्यालयले जवरजस्त अतिक्रमण गरी संरचना निर्माण गरेको बताइन् । उक्त जग्गामा विद्यालयको खेलमैदान, दुई वटा शौचलाय, भान्छा घर र भण्डार कोठा छ । विद्यालयले वरिपरी पर्खाल समेत निर्माण गरेको छ । विद्यालयले ४५ बर्षदेखि उपभोग गर्दै आएकाले कुनै हालतमा पनि नछाडने विद्यालयका प्रधानाध्यापक प्रदिप सिंहले बताए । उनका अनुसार विद्यालयमा कक्षा १ देखि १२ सम्म ८ सय विद्यार्थी अध्यायनरत छन् । विद्यालयले पूर्खाले दान दिएको जमिन लामाले फर्काउन खोजेको आरोप पनि लगाए ।

राजमार्गले काटेर बा“की रहेको जमिन विद्यालयको कब्जावाट मुक्त गर्न न्यायालयसम्म जाने लामाले बताइन् । उनले विद्यालयले दान प्राप्त गरेको जमिन कित्ता नं ६०, विद्यालयको नाममा रहेकोले आप्mनो जग्गा छाडनुपर्ने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार