इलाम : समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार इलामको माई नगरपालिका ४ शुक्रबारे बजारमा जनचेतनामुलक सडक नाटक “विदेशी भूत” प्रर्दशन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामको सहकार्य तथा मानव अधिकार मञ्च इलाम र चेतना नाट्य समुह इलामको संयुक्त आयोजनामा सडक नाटक प्रर्दशन गरिएको हो ।
नाटकमा देशका दक्ष युव जनशक्ति रोजगार, अध्ययन तथा विविध कारणले विदेश पलायन भईरहेको, विदेश जाने शिलशिलामा अनविज्ञताका कारण देशभित्रै ठगिने गरेको, विदेश पलायन हुने तथा फर्किने बेलामा अङ्गभङ्ग हुने लगायतका घटना समावेश गरिएको छ । त्यस्तै सरकारले युवा वर्गलाई लक्षित गरि ल्याएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम समेत विषय वस्तुको उठान गरी देशभित्रै केही गरि भविश्य बनाउन सकिन्छ भन्ने सन्देश दिइएको छ ।
कार्यक्रममा माई नगरपालिकाका नगरप्रमुख दिपककुमार थेबे ,उपप्रमुख विष्णुमाया रिमाल, वडा अध्यक्ष, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सन्तोष बुढाथोकी लगायत स्थानीयको सहभागीतामा सडक नाटक प्रदर्शन गरिएको हो ।