उनी (यात्रा कथा-१)

  अन्वेश थुलुङ राई
7 Shares

अन्वेश थुलुङ राई

यात्रा जहिल्यै पनि हाम्रो मानसपटलमा रहिरहँदो रहेछ । म बसको अगाडीपट्टीको ठाडो परेको सीटमा बसेको थिएँ । चाडवाडको सो समयमा गाडिको खचाखचभित्र पनि यस्तरी सिट पाइन्छ भने म भाग्यमानी थिँए तर ठाडो सिटमा काखमा झोला र छेउमा अर्को मोटो मानिसले बनाएको असपटतालाई सहजता वा सुविधा मान्नु पनि मेरो मनले मानेन । म पसिना काढिरहेको थिएँ ।

सबै यात्रु एकै ठाउँका हुन्नन् र सबै यात्रु एकै ठाउँबाट पनि चढ्दैनन् त्यसमाथि तराईको लोकल बस । गाडि ठाउँठाउँमा रोकिरहेको थियो । गर्मी र भीडले मलाई झ्याल भएको सीट चाहिरहेको थियो । म मेरो छेउको तेर्सो परेको झ्याल भएको सिटको दाउमा थिएँ । नभन्दै सो मानिस सुरुङ्गामा नै उत्रियो । र म सहज सिटमा अगाडि फर्केर बसेँ । हिँडिरहेको यात्रामा जहिल्यै पनि आँखा मेरा बहिरै रहन्छन् मलाई गाडिको गतिमा देखिने मोन्टाजजस्तो दृश्य ज्यादै मनपर्छ । केटाकेटी हुँदा मलाई जंगल छिर्ने बाटाहरु र सानासाना घरजस्ता चिहानहरु ज्यादै मनपथ्र्यो । अझ पहाडको मैदानमा मिनेटमिनेटमा क्रिकेट बल टिप्न तल्लो गरा र माथ्लो गरा कुद्ने मलाई कुनै खोला बगर चरन मैदानमा खेलिरहेका केटाकेटीहरुमाझ अचानक पुगेर खेलमा सरिक हुन मन लाग्थ्यो । तराईको जस्तो मैदानमा म मेरा साथीहरु सम्झन्थेँ । कृष्णे, हरि, सुमन मेरो कल्पनामा आएर खेल्थे र म जित्थेँ । तर म परेँ मान्छे । जिन्दगीमा जति मन लागेपनि आखिर मानिस हुनुको सिमिततामा म गाडिको यात्रु न परेँ जसरी म यात्रु हुँ म कुनै बसको अनि समयको ।

समय मध्यान्नमा थियो र त्यसदिन धिमाल समुदायको नयाँ वर्ष थियो । बाटामा त्यहि कारणले धेरै धिमाल युवतीहरु आफ्नो जातिय पोसाकमा थिए । उनीहरुको कपडा मलाई नेवारी समुदायको महिलाहरुले लाउने जस्तै लाग्छ त्यहि भएर म पहिले एकैपटकमा निक्र्यौलमा पुग्न सकेको थिइन । मनैमन मलाई आज आदिवासीहरुको भेला रहेछ की क्या हो भन्ने भयो । तर कसैले आज धिमालहरुको नयाँ वर्ष भन्यो तब मात्र मेरो विचार तोडियो । हो त्यहि भ्रमको अन्त्यसँगै संयोग नै भनौँ झ्यालबाट लगभग बाह« केटाहरुमाझ मात्र एउटी केटी । गहुँगोरोभन्दा अलि मेलानिन बेसि भएको । (मेलानिन भन्ने हार्मोन मानिसको शरिरमा बढि भए मानिस कालो हुँदै जान्छ ।) मेरो भन्दा अगाडि बसेको त्यो तेर्सो सिट खाली थियो । मैले कामना बाहेक गर्न सक्ने केहि हैन त्यसैले भएभरको सम्पुर्ण कामनाशक्ति लगाएर मैले उनलाई नै सोहि ठाँउमा आउनलाई कामना गरेँ । ………………। हे भगवान, सोचेजस्तो आज कसरी भयो ? उनी ठ्याक्कै मेरै अगाडि थिइन् । साथीहरु उनीहरुको यात्राका वृतान्त मलाई सुनाउने गर्थे जसमा एउटी पात्र जहिल्यै कुनै युवती हुन्थिन् । म भने साला यात्राभर कल्पना बाहेक केहि गर्न जाँन्थिन । कि कुनै चुरेबाट सुरु भएको खोला किनारकिनार मेरो मन बगिरहेको हुन्थ्यो वा तेर्सो परेर बसेको भुगोललाई पछ्याउँदै मेरा कल्पनाको कथाको पात्रसँग घुमिरहेको हुन्थ्यो । आज भने म मनुवा उनको मुहारमा इन्भेस्टिगेसन र आफ्नै मनसँग इन्टोरेगेसन गरिरहेको थियो ।

हिँडिरहेको बसभन्दा मेरो मनमा प्रश्नहरु कोचिएको जस्तो महशुष गरिरहेको थिँए । अझ त्यसमा गर्नुपर्ने अभिनयहरु । ओहो ! मैले नियमित उनको मुहारलाई हेर्न हुन्थिएन र सानो एकझलकमा उनलाई कैद गरेर मनमा तथ्यहरुको संकलन गर्नुपथ्र्यो । फेरि घरिघरि आँखा जुधिहाले………. ओहो त्यो भन्दा अफ्ठ्यारो त बयान नै नगरौँ । बस गुडिरहेको थियो र मेरो मन पनि । सोध्ने कुरा त धेरै थिए तर सोधुँ पनि कसरी ? साला बरु साउन भदौको उर्लदो भेलमा खोला तरौँला वा कुनै अक्कर भीरलाई ठाडो चडौँला, ती मुला साहसिक काम सुरु गर्न के को डर असफल सफल त भइ हालिन्छ नी । तर कस्सम यो त्यो भन्दा पनि साहसिक कार्य रैछ । कोहि अपरिचितसँग बोल्नु । समय बितिरहेको थियो र गाडि बेगमा गइरहेको थियो । मलाई थाहा छ उनको झर्नुपर्ने ठाउँ नजिक आइरहेको छ र म प्रत्येकचोटि बस रोकिएसँगै आफ्नो साहस हेरेर नतमस्तक भइरहेको थिएँ ।

मलाई उनको चिउँडोका ती कोठिको बारेमा सोध्नु थियो । उनको वर्ण शारिरीक बनावटले त म उनलाई धिमाल नै मानिरहेको थिएँ तब मैले उनलाई आजको दिनबारे जिज्ञासा पनि राख्नुथियो । तर सुरु गरुँ कसरी । मेरो कपाल लामो थियो त्यो बेला । तत्कालिन समयमा उनले मलाई असहज मान्न पनि सक्थिन् । लेदरको ज्याकेट लगाएको डिङ्गो जुत्ता, चुज पाइन्ट अनि लामो कपाल बाँधेको । ‘हेर्दैमा गुन्डाजस्तो देखिन्छौ तिमी ।’, कल्पना दिदीले भन्नुहुन्थ्यो । त्यत्तिकैमा मैले महशुष गरेँ हाम्रो घुँडा एकआपसमा जुधिरहेको थिएछन् । एकैछिनको लागि मेरो मनको मानवताले उनलाई अफ्ठ्यारो भएको होला भन्ने भयो तर मन मुला न हो आज यो घुँडा जसै गरेपनि छुटिनेवाला छैन भन्ने कुटिलतासँग परस्पर भयो । अब मन मान्दिएपछि म मनुवा गरुँ के ?

त्यतिकैमा दिमागमा एउटा आइडिया फु¥यो । उनी त केटी थिइन्, सिधै बोल्न अलि गाह«ो थियो तर मेरो छेउको दाइसँग त म सहजै बोल्न सक्छु । ‘हजुर कहाँ सम्म जाने हो दाइ ?’ दाइले मतिर हाइ काढ्दै हेरे । ‘खोसार्नेसम्म ।’

‘अनि तपाईँ ?’ मैले अचानक प्रश्न उनीतर्फ पनि तेर्साइदिएँ । उनले आफ्नो कपालको सानो मुठालाई बटार्दैँ आँखालाई ओरालो पर्दै भनिन् । ‘इटहरी ।’ त्यो कथा थिएन । उनी कुनै कथाको पात्रजसरी नै कपाल बटार्दै मेरै आँखा अगाडि बोलिरहेकी थिइन् ।

‘हजुरको घर इटहरी ?’

‘हैन । घर त म जहाँ चढे नी त्यहिँ हो ।’ मैले टाउको हल्लाए । अहिलेसम्म झापाको सोहि सडक हुँदै धरान, विराटनगर कति गरेँ कति तर बाटामा पर्ने र बस रोकिने ठाँउहरु सबैको नाम आए त मरिजाउँ । त्यसैपनि ध्यान अन्त भएर पनि हुनसक्छ । मलाई उ चढेको ठाँउको नाम पनि थाहा छैन रैछ । उर्लाबारी भनेजस्तो लाग्छ तर फेरी सम्झन्छु दमक भन्दा अगाडि चढेको हो । तब दुधे हो की ? मैले पहिलो प्रश्न सोध्ने आँट गर्दा हामी लेटाङ्ग जाने बाटोलाई दाँया पारेर राजमार्गमा गतिमा दौडिरहेका थियौँ । सोध्नलाई धेरै थियो तर मैले आफैँलाई नियन्त्रण गरिरहेको थिएँ । प्रश्नहरु बिस्तार बिस्तार चुहाउनुपर्छ कुनैदिन मलाई एक साथीले भनेको थियो । त्यो दिव्यज्ञानलाई व्यावहारमा प्रयोग गरिरहेको थिएँ त्यसैले एकछिन चुप लागेर बाहिर हेरेजस्तो गरेँ ।

‘अनि तपाईँचाहिँ कहाँसम्म हो ?’

‘हजुर ? म ? …. धरानसम्म ।’ मैले उनको मुस्कानको पनि त उत्तर दिनुथियो । म मुस्कुराइदिएँ । ‘ए साँच्ची सुन्नु त कति समय लाग्छ धरान पुग्न ?’ ल्या, मैले त ढाँटे त । यसै अञ्जान बनिदिएँ, नियोजित ।

‘अब….. एक घण्टामा पुग्छौ भाइ । पहिलोचोटि हो ?’ हैट कस्तो कर्कश आवाज । छेवैको दाइ बोले ।

खै सहयोग मानौँ त्यल्लाई कि हस्तक्षेप मेरो योजनामाथि । मैले नियोजित ‘हो त ।’ भनेँ र दाइतिर हेरेर मुस्कुराइदिँए । बाटो छोटिरहेको थियो । किन हो अचानक त्यस्तैमा मैले सोधेँ ।

‘हजुरको नाम चैँ ?’ फुत्कियो जस्तो कि हातको झिँगा अचानक ।

‘…………. अधिकारी ।’ (नाम पनि बिर्सिसकेछु ।) मैले एकपटक मनमा उच्चारण गरेँ । अनि फेरी सोधिहाले । ‘अनि इटहरी ?’

‘हैन म पुग्नुपर्ने त लाहान हो ।’

‘लाहान ?’

‘त्यहाँ एन.एम गर्दैछु ।’

‘भनेपछि तपाई मेडिकल लाइनको मान्छे ।’

‘हैन एन.एम हो । पछि नर्सको स्कोप हुन्छ ।’ म उनको मुहारतिर फर्केँ । उनले जिस्केर भनेको हैन भन्ने थाहा पाएपछि म एकपटक आफ्नो गला सफा गरेर चुपचाप बसेँ । मेरो छेउको दाइ खोर्सानेमा उत्रिनुभयो ।

‘रिसाउनुहुन्न भने एउटा कुरा भनुँ ?’ उनको खुम्चिएको निधार, मुस्कान अनि अलि बाँङ्गो गरिएको टाउको म देखिरहेको थिएँ ।

‘तपाईको चिउँडाको त्यो तीनवटा बनाको कोठी देखेर मैले तपाईँलाई अर्कै सम्झेको थिएँ । तर तपाईँ त अधिकारी हुनुहुँदो रैछ ।’ उनले थोरै नाक खुम्चाएर उहि लगातार मुस्कानलाई सम्हाल्दै दुवै ओठ च्यापेर जमिनतिर एकचोटी आँखा फर्काएर पुनः मतिर हेरिन् ।

‘धेरै जना झुक्किछन् । साथीहरु पनि पहिलोपटक भेट्दा यस्तै भन्छन् ।’ उनको मुस्कान केहि उघ्रिएको थियो । मलाई अरु पनि सोध्नु थियो तरत्यत्तिकैमा मेरो भ्राइबेसनमा रहेको फोन थर्किन थाल्यो । माइजु । हेरेँ उठाउँ कि …….. । काट्न मन लागेन । बोकिरहे र मोबाइल थर्किरह्यो । कुनै दिन मैले पढेको कुनै कथामा कुनै पात्रको कुनै केटीसँग यस्तरी नै गाडीमा प्रेम भएको हुन्छ । त्यो फ्यान्टेसीको पुजारी भनौँ कि रोगी ममा पनि इच्छा जागृत भएको थियो । मन त भएको हो फोन नम्बर माग्ने, नभए फेसबुक आइडीसम्म । तर पहिलो भेट जो परिदियो । मेरो मनमा नैतिकता र भावना संघर्षमा थिए र त्यत्तिकैमका आइदियो इटहरी । म इटहरी हेरेर टोलाइरहेको थिएँ ।

‘हजुरको नाम चैँ ?’ म झस्केँ ।

‘… म ? अन्वेश….. राई ।’ उनको मुखमा मेरो नामको उच्चारण भइरहेको थियो, शुष्क । उनको मुस्कान थोरै फिजिएको थियो ।

‘ल हुन्छ त शुभ यात्रा तपाईँलाई, अन्वेश जी ।’ हातमा भाइब्रेसन भइरहेको मोबाइल म महशुष गरिरहेको थिएँ । माइजुले नै फोन गर्नुभएको पनि थाहा थियो तर फेरी पनि त्यो बजि मात्र रह्यो । बस रोकियो ।

‘हजुरलाई पनि ……… ।’ खलासीले उनको सामान बस बाहिर पु¥याइदियो र म उनलाई हेरिरहेको थिएँ उनले आफ्नो कपाल बाँधिन् र एउटा निलो सिटि सफारीमा चढेर गइन् । बस रोकिएको थियो र म उनलाई गइरहेको हेरिरहेको थिएँ । त्यत्तिकैमा झ्यालमा नरिवल नरिवल भन्दै एकजना मानिस उभियो । मन त थियो त्यहिँ उत्रिँउ र पछि पछि जाउँ तर जाने बाटो त दोबाटो भइसकेको थियो र वर्ड्सवर्थ जस्तै मैले पनि भनेँ,

………….

द बुड्स आर लभ्ली, डार्क एन्ड डिप
बट आइ ह्याभ प्रमिसेस टु किप
एन्ड माइल्स टु गो विफोर आई स्लिप
एन्ड माइल्स टु गो विफोर आई स्लिप

©Anwesh Rai Thulung 2073

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार