ताप्लेजुङमा “साम्” को भब्य प्रदर्शन

  नयाँ बुलन्द  88 पटक हेरिएको

ताप्लेजुङ : सागर केरुङको लेखन/किशोर सुब्बाको निर्देशनमा निर्मित लिम्बू कथानक चलचित्र “साम्” को शनिवार फुङ्लिङ्स्थित जिल्ला समन्वय समितिको सभाहलमा किरात लिम्बू साहित्य प्रतिष्ठान ताप्लेजुङको आयोजनामा भब्य प्रदशनी भएको छ ।

हस्त लिबाङ र कल्पना योङहाङ निर्माण गरेको चलचित्रमा पुस्पा लिम्बू,रुकमान लिम्बू,उदय सुब्बा,देउमान केरुङ,केदार श्रेष्ठ लगायतले अभिनय गरेका छन । उक्त चलचित्र यसअघि काठमाडौ र लिम्बुवान क्षेत्रको विभिन्न शहरम प्रदशन भएको छ भने बक्स अफिस सिने अवार्ड अस्ट्रेलियाको लागी छनौटमा परेको छ ।

चलचित्र साम आइतबार हङकङस्थि यमाताइ हलमा र धनकुटाको राजारानीमा प्रदर्शन हुदैगरेको निर्देशक सुब्बाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार