मौसम ईम्बुङको ‘घरजम’ हुँदै


तेह्रथुम : चर्चित कलाकार (फु:लेन्दको बाउ) मौसम ईम्बुङ लिम्बुको निर्देशनमा नेपाली चलचित्र ‘घरजम’को छायाङकन् धमाधम भईरहेको छ । करिब १० बर्षको हङकङ बसाई संगै फिल्मी क्षेत्रमा गुमनाम बसेका निर्देशक लिम्बुले लामो समयको अन्तराल पश्चात नेपाली चलचित्र पस्केको हुन् ।लिम्बुहरुको किपोट सम्बन्धी कथावस्तु समेटेर चलचित्र वि.सं.२०६३ मा ‘चेसुङ’ फिल्म निदेर्शन गरेपश्चात कुनै फिल्ममा संलग्न नरहेका लिम्बुले पुर्वी नेपालको जनजिवन समेटेर नयाँ चलचित्र निर्देशन गरेका हुन् ।कवि तथा कथाकार उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’मा समेटिएको कथावस्तुका केही अंशलाई समेटेर निर्माण सुरु गरिएको चलचित्र ‘घरजम’ पाँचथरको थर्पुमा छायाङकन भईरहेको निर्देशक लिम्बुले जानकारी दिए ।कुसल ईन्टरटेन्मेण्टको प्रस्तुतीमा निर्माण हुदै गरेको यो फिल्ममा पुराना तथा केही नया कलाकारहरुको अभिनय रहेको ईन्टरटेन्मेण्टका संयोजक कुशल थलङले बताए । उनका अनुसार यस चलचित्रले हास्यब्यङ्ग बिधालाई बढि प्राथमिकता दिनेछ ।चलचित्रको पाँचथर याङवारक गाउपालिका अध्यक्ष लेखनाथ घिमिरेले बिधिगत रुपमा उद्ध्घाटन गरेका घिमिरेले बिधिगत रुपमा उद्ध्घाटन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार