समिर र साहाराको जोडी ‘लामपाते सुरती’ मा जम्यो (भिडियो सहित)

  टीआर सेनेहाङ
0 Shares

तेह्रथुम : मिठो स्वरका धनि गायक समिर सिंगकको ‘लाम्पाते सुरती’ बोलको गितले हजारौ दर्शक श्रोताहरुको मन जित्न सफल भएको छ । चर्चित गायक खगेन्द्र यक्सोको शब्द र संगित रहेको यो गितको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युवमा राखेको हप्तादिन बित्न नपाउँदै ३० हजार बढिले हेरिसकेका छन् ।

पूर्वको रमणीय ठाँउ तीनजुरे, मिल्के, जलजले क्षेत्र र लिम्बुहरुको ऐतिहासिक मुन्धुमी स्थल चो?लुङ पार्कमा छायाङ्कन गरिएको यो गितको म्यूजिक भिडियोमा गायक सिंगक र कलाकार साहारा खापुङको प्रेमिल जोडीलाई मायाप्रितीको आख्यान व्याख्यान गर्दै प्रेमरुपी संसारमा उब्याईएको छ । गितको माध्यम द्धारा प्रेमिकाको सौन्दर्यताको बर्णन तथा मायामा समर्पणको कथाले दर्शकहरुलाई तरङगित बनाएको छ ।

खगेन्द्र यक्सोको निर्देशनमा र जीवन श्रेष्ठले खिच्नुभएको यो भिडियोमा नेपालको पूर्वी भेकको मौलिक संस्कृति, सामाजिक परिवेश र मिथकबारे सुक्ष्म व्याख्या गरिएको गीतका रचनाकार यक्सोले जानकारी दिनुभयो । ‘सिरिरि हावा चल्यो’ गितबाट गायन यात्रा सुरु गर्नुभएका गायक सिगंकले एक दशक अघि गाउनुभएको ‘चौतारे कान्छा’ गितले भाईरल समेत बन्नुभएको थियो ।

करिब १ सय बढि गित गाईसक्नुभएका समिरले ‘हाम्रो माया जुनि जुनिलाई’ ‘तिम्रै प्रितले’ लगायत गितहरुले चर्चामा पु¥याएका छन् । प्रायः सबै नेपाली कलाकारहरुले राजधानी केन्द्रित कलाकारिता गर्दै आएपनि गायक सिंगकले पुर्वको सुन्दर नगरी धरानलाई कर्मथलो बनाएर साङगिक क्षेत्रमा संघर्षरत रहनुभएको छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार