सहिद दिवसमा साहित्यिक कार्यक्रम

  नयाँ बुलन्द
0 Shares

इलाम : आज सहिद दिवस । देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाईएको छ ।

यसै क्रममा इलाममा साहित्यिक कार्यक्रम गरी सहिद दिवस मनाईएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले सहिदको सम्झनामा कविता तथा गजल प्रतियोगिता आयोजना गरेका हुन् ।

अनेरास्ववियू बागवानी संकाय कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले राष्ट्रभक्ति रचनाहरु सुनाएका थिए । प्रतियोगितामा उत्कृष्ट कवितातर्फ बागवानी संकायका सागर अधिकारी र शिक्षा संकायका भावना लुइटेल र उत्कृष्ट गजलतर्फ किशोर आचार्य छनौट भए ।

बागवानी संकाय कमिटीकी सचिव विपना थिङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अखिल क्रान्तिकारी केन्द्रीय सदस्य शन्धिभक्त शासंकर, अनेरस्ववियू इलाम जिल्ला कमिटी अध्यक्ष इश्वरी तामाङ, क्याम्पसका अध्यक्षद्वय दर्शन राई, कुमार भट्टराई लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार