‘माङसेबुङ डाँडैमा’ गीतको म्युजिक भिडियोको सुटिङ सम्पन्‍न

  सृष्टी लिम्बू
0 Shares

इलाम : गायक राम शेर्माको आवाज रहेको  ‘माङसेबुङ डाँडैमा’ बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङलाई समेटेर तयार गरिएको गीतको म्युजिक भिडियो छायाङ्कन भएको हो ।

राम आङदेम्बेको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई अनिश लाओतीले निर्देशन गरेका छन् । छायाङकन तिलक रिजालले गरेका छन् ।

उक्त भिडियोमा अनिश लाओती, खिनु आङबुहाङ लगायतको अभिनय रहेको छ । धार्मिक पर्यटकी स्थल माङसेबुङ, सप्तमी र माङमालुङमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियो छिट्टै सार्वजनिक गरिने निर्माण युनिटले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार