ऋतुराज लिम्बूको ‘खाम्बुच्ङ थोदो’ को म्युजिक भिडियो छायांकन

  नयाँ बुलन्द
0 Shares

इलाम : गायक तथा संगीतकार ऋतुराज लिम्बूको लिम्बू भाषिक गीत  खाम्बुच्ङ थोदो को गीतको म्युजिक भिडियो छायांकन गरिएको छ ।

लिम्बूको शब्द, संगीत र आवाजमा सजिएको सो गीतको भिडियो इलामको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा छायांकन गरिएको छ । सो भिडियोलाई अनिश लावतीले निर्देशन गरेका छन् भने राकेश श्रेष्ठले छायाङकन गरेका छन् ।

उक्त भिडियोमा सुमी लाओती, तान्छोहाङ लिम्बू, पुष्पा लिम्बू लगायतले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियो चाँडै बजारमा आउने छिट्टै निर्देशक लाओतीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार