सुस्मा रुपाबुङ राईकाे‘लाहुरेनी फूल’ पुस्तकको विमर्श कार्यक्रम सम्पन्न

  नयाँ बुलन्द
0 Shares

इलाम : सुस्मा रुपाबुङ राईद्वारा लिखित ‘लाहुरेनी फूल’ पुस्तकको विमर्श कार्यक्रम सम्पन्न भएको छ । इलामको साकफारामा जन्म घर भएकी राईद्वारा लिखित उपन्यस आज इलाम सदरमुकाममा फरक आयाम नामक सस्थाले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तक बिमर्श गरिएको हो ।

पुस्तक यस अघी काठमाडौं र दमकमा बिमर्श गरीसकेको बताईएको छ । पुस्तकमा लेखिएको उपन्यासमा लाहुरमा हुँदाको बेदना समेटिएको  बताईएको छ ।  पुस्तक पाठकले पढ्न चाएमा पाठक माज सजिलै प्राप्त गर्न सकिने पनि साेही कार्यक्रममा  बताईएको छ ।

कार्यक्रममा प्राध्यापक दिपेन्द्र दुलाल र कवि प्रकाश थाम्सुहाङले उपन्यसको विषयमा कुरा राखेका थिए भने कार्यक्रमको सहजीकरण फरक आयामका अभियान्ता युविर चेम्जोङले गरेका थिए ।

राईको पहिलो कृति साच्चै फूल जस्तै सुन्दर रहेकाले कृतिले हामी सबै मन छोएको जितेको कार्यक्रमा उपस्थित रहेका पाठकहरुको भनाई थियो । कार्यक्रममा संचारकर्मी ,बिध्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार