प्रधानमन्त्री ओलीद्वारा पत्रकार गुरुङको ‘निरन्तर नेतृत्व’ पुस्तक विमोचन

  नयाँ बुलन्द
0 Shares

काठमाडौँ : प्रधामनन्त्री केपी ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’को विमोचन गरेका छन् । तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताए । समाजमा लेखेर योगदान दिने काममा अझ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

बेलायतमा तमूहरुले सामाजिक संस्थाको रुपमा स्थापना गर्नका लागि गरेको संघर्षलाई समेटेर पुस्तक लेखिएको हो । पुस्तकमा तमु धिं युकेको हालसम्मको आठ नेतृत्वको अनुभवलाई समेटिएको छ । पुस्तकमा तमुधिं युके स्थापनाको १८ वर्षको संघर्ष र सफलता समेटिएको छ । प्रवासमा रहेर पनि समाजसेवामा पुर्‍याएको योगदान र मानवीय सहयोगका लागि तमुधिंले खेलेको भूमिकालाई पुस्तकको मुख्य विषयवस्तु बनाएको पत्रकार गुरुङले बताए । त्यस अवसरमा गौरव गुरुङद्वारा लिखित ल्होछार गीतको भिसीडीसमेत प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका थिए ।

त्यसैगरी, उक्त पुस्तक ल्होछारको अवसरमा बेलायतमा पनि आइतबार नै विमोचन भएको छ । गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले बेलायतको रेडिङमा तमुधिं युकेले आयोजना गरेको ल्होछार समारोहमा विमोचन गरेका हुन् । पुस्तक २३२ पृष्ठको छ ।

साभार : राजमार्ग

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार