कक्फेक्‍वा तङनाममा एकतप्‍पामा विभिन्‍न कार्यक्रम संचालन हुने

  नयाँ बुलन्द
0 Shares

इलाम : किरात समुदायको नयाँ वर्ष ५०७९ को अवसरमा इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित एकतप्पामा विभिन्न कार्यक्रम संचालन हुने भएको  छ।

कक्फेक्‍वा तङनाम मेला बजार समितिको आयोजनामा आगामी १ माघमा राष्टरिय कलाकारहरुको साथमा वृहत कार्यक्रम, स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत, विभिन्न जातीय झाँकी प्रदर्शनी, केलाङ, लाखेनाच तथा भलिबल प्रतियोगिता हुने भएको  छ ।

एकतप्पाको दोकानडाँडा बजारमा हुने साँस्कृतिक कार्यक्रममा चर्चित बाल कलाकार मनिष लिम्बू, गायिका दीपा सुहाङ, गायक तथा संगीतकार सुहाङ लिम्बू र गायीका सीता सिङगकको प्रस्तुती रहनेछ ।

त्यस्तै कक्फेक्वा तङनामकै अवसरमा भलिवल प्रतियोगिता समेत संचालन हुनेछ । भलिवलका विजेतालने नगद १० हजार र उपविजेताले नगद ५ हजार रुपैयाँ सहित  प्रमाणपत्र पाउनेछन् ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको फेसबुक पेज https://www.facebook.com/nayabulanda/ र NayaBulanda TV युट्युब च्यालन https://www.youtube.com/channel/UCvf77Dsq0Np–U3eIokw33g?view_as=subscriber बाट हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार