‘सोल्टिनी हजुर …’ म्युजिक भिडियोमा

  नयाँ बुलन्द
0 Shares

इलाम : गायक कुशल थलङद्वारा स्वरबद्ध ‘सोल्टिनी हजुर …’ बोलको गीत भिडियोमा आउने भएको छ । इक्साहाङ चेम्जोङको शब्द/संगीत रहेको उक्त गीतको तेह्रथुमको बशन्तपुर, चो?लुङ पार्क, धनकुटास्थित तमोर नदी, भेडेटार र धरानको बिजयपुरमा हालै छायाङ्कन सम्पन्न भएको छ ।

म्यूजिक भिडियोको निर्देशन सागर केरुङले गरेका छन् । भिडियोमा मधु केरुङ र पन्ना आङ्बोले मोडलिङ गरेका छन् । तिलक रिजालको छायाङ्कन, सोम मगरातीको श्रृङ्गार र छथरे ढाका उद्योग धरानको भेषभूषा रहेको म्यूजिक भिडियो एक लाख ५० हजार लागतमा तयार हुने निर्मात्री चन्द्रकला साँबाले बताइन् ।

भिडियोलाई केही दिनमा युट्युबमार्फत सार्वजनिक गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार