प्रदीप र जसिताको ‘लभ स्टेशन’ चैतदेखि दर्शकमाझ आउँदै

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ आगामी फिल्म ‘लभ स्टेशन’को रिलिज मिति तोकिएको छ । उज्वल घिमिरेको निर्देशनमा तयार भएको यो फिल्म आगामी चैत १ गतेबाट दर्शकमाझ रिलिजमा आउने भचएको छ । यो फिल्मलाई दार्जिलिङमा छायांकन गरिएको छ । फिल्मलाई गोविन्द शाहीले निर्माण गरेका हुन् ।

निर्देशक घिमिरेका अनुसार कुनै एक स्थानलाई लभ प्वाइन्टको रुपमा ब्याख्या गर्नेछ । फिल्मलाई म्यूजिकल लभ स्टोरी कथामा निर्माण गरिने बताइएको छ ।

जहाँ प्रदिप सांगीतिक क्षेत्रमा लागेको कलाकारको भूमिकामा देखिनेछन् । फिल्ममा अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार