काठमाडौदेखि ‘केः’ को प्रदर्शन सुरु

  नयाँ बुलन्द
0 Shares

पाँचथर : लिम्बू कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) को शनिबार काठमाण्डौंमा च्यारेटि शो गरिएको छ ।

नयाँवसपार्कस्थित बिजी मलमा चलचित्रको च्यारेटि गरिएको हो । माता पाथीभरा फिल्मस प्रा.लि.का लागि बुद्धराज लिम्बू र टाइसन केरुङले निर्माण गरेको ‘केः’ मा लिम्बू जातिको ऐतिहासिक–साँस्कृतिक बाजा ‘केः’ अर्थात् च्याबु्रङको बिषय उठाइएको छ । चलचित्रको कथा च्याब्रुङ बनाउन अनिबार्य चाहिने गाई वा गोरुको छाला र गाई–गोरु मार्न नपाइने कानूनी प्रावधानको वरिपरि घुमेको छ ।

सागर केरुङको लेखन/निर्देशन रहेको ‘केः’ मा डीआर हाङसरुम्बाको मूख्य सह–निर्देशन, सञ्जय आचार्यको छायाङ्कन, मेघराज मगरातीको सम्पादन र प्रेम पन्दाकको संगीत रहेको छ । पाँचथरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्र २० लाख लागतमा तयार भएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, दीपक खनाल, संघर्ष खतिवडा, अप्सरा न्यौपाने, संगीता लाओती लगायतको अभिनय छ । च्यारेटिमा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र निर्देशक किसोर सुब्बा, पहिचानवादी नेता कुमार लिङदेन, भाषा तथा संस्कृतिकर्मी कमल तिगेला र गोविन्द आङबुङ लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार