२९ मंसीरदेखि चलचित्र ‘केः’

  सन्देश सुब्बा
0 Shares

पाँचथर : लिम्बू कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) को २९ मंसीरमा काठमाण्डौंमा बिशेष प्रदर्शनी हुँदैछ ।

नयाँवसपार्कस्थित बिजी मलमा बिहान आठ बजे चलचित्रको बिशेष प्रदर्शन हुने लेखक/निर्देशक सागर केरुङले बताए । काठमाण्डौपछि डिसेम्बर २७ मा सिक्किमको गेन्तोकस्थित लिम्बू भवनमा, जनवरी १ मा सिक्किमकै गेजिङ कमिटि हल गेजिङमा र १५ जनवरी कक्फेक्वा तङनामको अवशरमा नाम्धा सिक्किमस्थित लिङचोममा पनि चलचित्रको बिशेष प्रद्रर्शनी हुने मिति तय भइसकेको निर्देशक केरुङले बताए ।

माता पाथीभरा फिल्मस् प्रा.लि.का लागि टाइसन केरुङले निर्माण गरेको ‘केः’ मा लिम्बू जातिको ऐतिहासिक–साँस्कृतिक बाजा ‘केः’ अर्थात् च्याबु्रङको बिषय उठाइएको छ । च्याब्रुङ बनाउन अनिबार्य चाहिने गाई वा गोरुको छाला र गाई–गोरु मार्न नपाइने कानूनी प्रावधानको वरिपरि चलचित्रको कथा घुमेको निर्देशक केरुङले बताए ।

चलचित्रमा डीआर हाङसरुम्बाको मूख्य सह–निर्देशन, सन्देश सुब्बा सह–निर्देशन, सञ्जय आचार्यको छायाङ्कन, मेघराज मगरातीको ड्रोन अपरेटिङ र प्रेम पन्दाकको संगीत रहेको छ ।

पाँचथरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, दीपक खनाल, संघर्ष खतिवडा, अप्सरा न्यौपाने, संगीता लाओती लगायतको अभिनय छ ।

चलचित्र २० लाख लगानिमा निर्माण सम्पन्न भएको तलचित्रका प्रस्तुतकर्ता बुद्धराज लिम्बूले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार