श्रष्टा उपाध्यायको सात एल्बम विमोचन

सूर्योदय : श्रष्टा डिआर उपाध्यायको सात एल्बमको सातै प्रदेशमा बिमोचन गर्ने क्रममा शुक्बार करफोक विद्यामन्दिर माध्यमिक विद्यालयमा विमोचन भएको छ ।

पद्मदीप स्मृति प्रतिष्ठानको आयोजना तथा करफोक विद्यामन्दिर माविको स्थानीय आयोजनामा प्रतिनाद साँगीतिक यात्राको क्रममा श्रष्टा उपाध्यायको “सहेली”, “हिमाली लय” “अन्तराप”, “प्रतिनाद” ,” “नशालुनजर”, “जोहो”, “प्रणय” र “जखम” सात साँगीतिक सिडी एल्बमको एकसाथ विमोचन भएको हो ।

श्रष्टा डिआर उपाध्याय र करफोक विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनराज निरौलाले बिमोचन गरे ।

कार्यक्रममा श्रष्टा उपाध्यायको सातै उपन्यासकृतिहरु “वज्राघात”,”बिटुली”,”त्यागी”, “स्वार्थी” “भाग्यचक्र”, “अपवित्र छायाँ”, “अतिरिक्त” र “दगाबाज” को समेत स्थानीय विमोचन गरियो ।

कार्यक्रमा गायक गायीकाहरु निशा देशार, सागर अधिकारी “शरद” सन्तोष श्रेष्ठ, ले साँगीतिक प्रस्तुति दिएका थिए । यात्रामा स्रष्टा धर्मपत्नी सुनिता खनाल, मानवअधिकारकर्मी सृजना उप्रेती, गीतकार तथा गायक सुरेश घिमिरे निश्चिन्त र संचारकर्मी अच्युत घिमिरे संचारकर्मी दिलिपकुमार ज्योती, मोडल अनिषा न्यौपाने लगायतको सहभागिता थियो ।

यी एल्बमको विमोचन यसअघि  काठमाडौंमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले ९ मंसीरमा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार