इलाम : गायक तथा संगीतकार प्रकाश सावादेनको लोक तथा आधुनिक गिती संग्रह ‘माबु धाम’ सार्वजनिक भएको छ । ‘माबु धाम’ बुधबार विमोचन गरिएको छ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ ६५ औं जन्मोत्सवको अवसरमा ‘माबु धाम’ विमोचन गरिएको हो । ‘माबु धाम’ मा ७ वटा गीत संग्रहित भएका छन् ।
इलामको माबुमा जन्मिएर संगीत क्षेत्रमा लागेका सावादेनले आफ्नो गाउँठाउँका विषयवस्तुलाई समेटेर एल्बम तयार गरेको बताएका छन् ।
सावादेनको एल्बममा ‘माबु धाम…’, ‘कसलाई पोखाउ …’, ‘उडायो उडायो …’, ‘म मर्दा…’, ‘जन्मेछु खाली…’ र ‘किन होला…’ बोलको गीत समेटिएको छ । ‘किन होला…’ बोलको गीत मेल र फिमेल दुवै भोकलमा समेटिएको छ । ज
एल्वममा प्रकाश सावादेन, उनकी छोरी स्वस्तीका सावादेन, सुवास इशारा राई र लेखनाथ चेम्जोङका आवाज समेटिएको छ । शब्द रचना देवीका राई, विजय श्रेष्ठ, प्रकाश सावादेन र सुमन लावतीले गरेका छन् । त्यस्तै संगीत प्रकाश सावादेन, विजय श्रेष्ठ, नरेश लिङदेनर सुवास इशारा राईको रहेको छ ।
‘माबु धाम…’ देविका राईले शब्द रचना गरेकी छन् भने संगीत र स्वर स्वयम् प्रकाश सावादेनको रहेको छ । ‘कसलाई पोखाउ …’ शब्द रचना र संगीत विजय श्रेष्ठको गरेका हुन् भने स्वर स्वस्तीका सावादेनको रहेको छ। ‘उडायो उडायो …’ प्रकाश सावादेनको शब्द रचना, नरेश लिङदेनको संगीत र स्वस्तीका सावादेनको स्वर रहेको छ ।
त्यस्तै ‘म मर्दा…’ शब्द रचना, संगीत र स्वर स्वयम् प्रकाश सावादेनले दिएका छन् । ‘जन्मेछु खाली…’ प्रकाश सावादेनको शब्द रचना तथा सुवास इशारा राईको संगीत र स्वर रहेको छ । सुमन लावतीको शब्द रचना, नरेश लिङदेनको संगीतमा रहेको ‘किन होला…’ बोलको गीत मेल भोकल लेखनाथ चेम्जोङ र फिमेल भोकल स्वस्तीका सावादेनको रहेको छ ।