कविता

  रविन कोइराला
0 Shares

थुम्का थुम्का मन भित्र कुदेरै लादैछु ।
सिहंबाहिनीको रङ्गले रंगाएर जादैछु ।
नाई नभन तिम्रो मुटु साटी लादैछु ।

दुख्दैन घाउँ मायाको सदा आलो रहन्छ
दुरी छ छ त के भयो ? पिरति युगौ लगाउँछु ।
तिम्रो जवानी देखेको भिर पाखामा
जहाँ जाउ मुटु भित्र तिमीलाई सजाँउछु ।

धपक्क बलेको बसन्ती रुप लादैछु
कोमल मनहरु नमन गरेर जादैछु ।
ईलामलाई घुम्टो भित्रै छाडेर जादैछु

मिठा गितसुखका गुनगुनाइ रहन्छ
त्यही आत्मियताले पीडा भुलि दिन्छु ।
तिम्रो काखमा रमेको थिए सुख दुखमा
फेरि ऐठन भए तिमी खोज्दै आउछु

थुम्का थुम्का मन भित्र कुदेर लादैछु
नारायणथानको रङ्गले रंगाएर जादैछु
नाई नभन तिम्रो मुटु साटी लादैछु ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार