कन्यामले तान्यो हजारौं पर्यटक

  रजिन ढुङ्गेल
0 Shares

कन्याम पुर्बी नेपालको मनोरम पर्यटकीय केन्द्र हो । यो इलाम जिल्लाको सुर्योदय नगरपालिकाको सीमापरिसर भित्र पर्दछ। यो पुर्बी नेपालको लोकप्रिय बनभोज स्थल पनि हो ।

यहाँ हजारौ मात्रामा पर्यटकहरू को घुइँचो लाग्ने गरेको छ । यहा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत बढी हुने गरेको पाईन्छ । चिया बगानको सोन्दर्यता सँगै घोडाचढीको मज्जा लिन कन्याममा अशोजको पहिलो सातादेखि पर्यटकको भिड लाग्ने गर्दछ ।

पुर्बी झापा,मोरङ,सुनसरीसँगै भारतको सिलिगुडी तथा कोलकोतालगायत क्षेत्रबाट समेत पर्यटकको भीड लाग्ने गरेको पाईन्छ । कम्तीमा ४६ वटा घोडाले पर्यटकहरूलाई घुमाईरहेको कन्यामको चिया वगानमा दशै , नयाबर्षमा पर्यटकहरू ह्वात्तै बढ्ने गरेको पाईन्छ । यहाँ कन्यामको चियाबगानको अवलोकन मात्र नभएर सुर्योदय सुर्यास्त,लोपन्मुख लेप्चा जातिको संस्कृति अवलोकन सम्म गर्न सकिन्छ ।

१२ महिना भरी नै पर्यटकहरूको भीड लाग्ने कन्याममा बिशेष गरेर अशोज महिना देखि पुष सम्म बढी मात्रामा आवतजावत भएको पाईन्छ । कन्याम अग्लो होचा डाडाँ काडाको लामो श्रृङ्खलामा अवस्थित अति सुन्दर थलो हो ।

त्यसो त त्यस्ता डाडा कति छन् कति तर कन्याम भन्नेबित्तिकै सबैको मुखमा चियाबगान भन्ने शब्दहरू खेलिरहेका हुन्छन्। चियाबगानकै कारण ति डाडा काडा मात्रै नभएर धेरैका लागी आयआर्जनको स्रोत पनि बनेको छ । कन्याम चियाबगानको बीचै बीच नागबेली भएर अघि बढ्ने मेची लोकमार्गले पनि कन्यामको सुन्दरता लाई अझ बढावा दिएको छ ।

कन्यामको बीच भागतिर पर्ने लभडाडा सडकभन्दा करिब १०० को मिटरमा पर्दछ । धेरै प्रेमील जोडिहरू आउने बस्ने ,रमाउने भएको कारण यस डाडालाई लभडाडोमा रूपमा नामाकरण गरिएको पाईन्छ ।

कन्यामभन्दा केही तल कान्छी पाथीभरा मन्दिर पनि रहेको छ । खास गरी पर्यटकहरू कन्याम घुम्ने भनेर आउछन्,रमाउछन् ,फोटो खिच्छन्,कोशेलीको रूपमा स्थानीय तहमा उत्पादित छुर्पी,ललिपप,ग्रीन टि,आदि लिएर जाने गरेको पाईन्छ । कन्याम त्यत्तिकै हरियाली छ ।

यहा अन्य सौन्दर्यताको आकर्षण दृश्यहरू बने झन् कन्यामलाई अझ बिश्वपरिवेशमा चितपरिचित गराई बिदेशी आयार्जनको बाटोलाई खोल्न सकिन्छ।

लेखक रजिन ढुङ्गेल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार