निर्देशक केरुङ सम्मानित

  नयाँ बुलन्द
0 Shares

पाँचथर : चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन् ।

सदरमुकाम फिदिममा शनिबार पाँचथर नाचघर उद्घाटन समारोहमा केरुङलाई सम्मान गरिएको हो । डेढ दशकदेखि चलचित्र, नाटक तथा म्यूजिक भिडियो निर्देशनमा सक्रिय केरुङलाई जिल्लाको कला जगतको उन्नयनमा पुर्याए बापत  योगदानको कदर गर्दै सम्मान गरेको बताइएको छ ।

उनलाई नाचघर उद्घाटन समारोहका प्रमुख अतिथि पाँचथरका अग्रज रंगकर्मी डिएम कन्दङवाले सम्मानपत्र सहित खदा ओढाएर सम्मान गरेका थिए ।डेढ दशकदेखि चलचित्र, नाटक तथा म्यूजिक भिडियो निर्देशनमा सक्रिय केरुङलाई जिल्लाको कला जगतको उन्नयनमा पुर्याए बापत  योगदानको कदर गर्दै सम्मान गरेको बताइएको छ ।

सम्मान पछि बोल्दै केरुङले सम्मानले कला क्षेत्रमा थप केही गर्ने जिम्मेवारी दिएको महसुस भएको बताए । यसैबीच पाँचथर नाचघरको समुद्घाटन समेत भएको छ । नाचघरमा नृत्य, गायन र बाद्यबादन सम्बन्धि प्रशिक्षण दिइने निर्देशक सुजन शंकरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार