लिम्बू विद्यार्थी मञ्च आदर्शमा एलेक्स चेम्जोङ

इलाम : आदर्श माध्यमिक विद्यालयमा एलेक्स चेम्जोङको अध्यक्षतामा १३ सदस्यीय कार्यकारी र ८८ सदस्यीय लिम्बू विद्यार्थी मञ्च शाखा कार्यसमिति गठन भएको छ ।

शाखाको १२ औं अधिवेशन तथा पुनर्गठनबाट उपाध्यक्षमा भूमिका लिङदम र दिपेश नेम्बाङ, सचिवमा विनिता वेघा, सहसचिवमा प्रिति एभेङ र कोषाध्यक्षमा फुङलाती नेम्बाङ चयन भएका छन् ।

सदस्यहरुमा प्रदिप चेम्जोङ, युकेश नेम्बाङ, कोशिला कुरुम्बाङ, अप्सरा जवेगु, शंकर एक्तेन, सुदर्शन फागो र ब्राजिल चेम्जोङ लगायत रहेका छन् ।

लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामका सचिवालय सदस्य एवम् संगठन विभाग प्रमुख मनोज साँवाको अध्यक्षता र केन्द्रीय सदस्य एवम् राजनीतिक विभाग प्रमुख रामकुमार लिङदमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाम अध्यक्ष अतित योङहाङ, उपाध्यक्ष सन्तोष लिङदम, सचिव अस्मिता एक्तेन र महेन्द्ररत्‍न बहुमुखी क्याम्पस अध्यक्ष शुक्रराज उपस्थिति र सहजीकरणमा सम्पन्न भएको हो ।

सामाजिक जातिय विद्यार्थीहरुमध्ये जिल्लाकै क्रियाशिस संस्था लिम्बू विद्यार्थी मञ्चले लिम्बू समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिहरुको संरक्षण, सम्बर्द्धन र लिम्बू विद्यार्थीहरुको हक अधिकार सुनिश्चतताको निम्ति जिल्लामा विविन्न सृजनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

मञ्चले आगामी १७ भदौदेखि २३ सम्म सदरमुकाममा एक हप्ते किरात सिरीजङ्गा लिपी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने तय गरेको छ । सो कार्यक्रमको समापनमा जिल्लाका उत्कृष्ट विद्यार्थीहरुलार्इ सम्मान कार्यक्रम समेत आयोजना गर्ने लिम्बू विद्यार्थी मञ्च इलामले जानकारी दिएको छ ।

सम्मान कार्यक्रममा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालहरुबाट एसइइ परीक्षामा सामेल भइ ग्रेड भन्दा माथि अंक ल्याउने लिम्बू विद्यार्थीहरुलार्इ सम्मान गरिने मञ्चले जनाएक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार